बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल ‘दक्षिण एसियाकै’ पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा

सोमबार, १३ असोज २०७६, १४ : ०७
सोमबार, १३ असोज २०७६

काठमाडौँ । दक्षिण एसियाका राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।

युएनलगायतका प्रतिनिधिहरुले सरसफाइमा नेपाल सरकारले गरेको तीव्र प्रगतिको सराहाना गरेका थिए ।

घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताएका थिए ।

मन्त्री मगरले  २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् ।

देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् ।

‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं,’ खानेपानी मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले बताएका छन् ।

‘राउटेका छैनन् शौचालय’

कार्यक्रममा सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा पनि सवै घरमा शौचालय बनाएको भन्दै राउटे समुदायका लागि भने स्थायी शौचालय बनाउन नसकेको बताए ।

उनले राउटेहरु स्थायी रुपमा नबस्ने भएकाले त्यो समस्या आएको उनले बताए । उनले कर्णाली प्रदेशमा खानेपानी अभाव भएको भन्दै त्यसका लागि सरकारले प्रयास गरिरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप