बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्वारा सम्मान

सोमबार, १३ असोज २०७६, १७ : २६
सोमबार, १३ असोज २०७६

काठमाडौं– सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । 

यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औं आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरे । समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, ट्रेडि, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्व छन् । 


      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप