शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जुनको दाबी, ‘कबिर सिंहमा निर्माताले मलाई लिन चाहन्थे तर...’

मङ्गलबार, १४ असोज २०७६, १० : ०७
मङ्गलबार, १४ असोज २०७६

शाहिद कपुरको सुपरहिट फिल्म कबीर सिंहको विषयमा अर्जुन कपुरले एक रोचक कुरा सार्वजनिक गरेका छन् । अर्जुनका अनुसार जब यो सुपरहिट तेलुगू फिल्मको हिन्दी रिमेकको राइट्स लिइँदैथियो, त्यतिबेला निर्माताले उनलाई फिल्ममा कास्ट गर्न चाहन्थे तर यो फिल्मका निर्देशक संदीप रेड्डी वांगाको यसबारे भिन्न दृष्टिकोण थियो ।

हालै दिएको एक अन्तर्वार्तामा अर्जुनले आफूले यो फिल्म गर्न चाहेको तर उनले निर्देशकको भिजनको इज्जत गर्दै यो प्रोजेक्टबाट अलग्गिँदा नै राम्रो ठानेको बताए । उनले भने, ‘यो फिल्मलाई संदीप वांगाको आवश्यकता थियो । फिल्मको स्टोरी साधारण थियो तर यो फिल्ममा एउटा छुट्टै ऊर्जा थियो । संदीपले पहिले नै शाहिदलाई बचन दिइसकेका थिए र उनी आफ्नो बचनको पक्का छन् । यो कुराको म निकै इज्जत पनि गर्छु ।’

निर्देशकका कारण अर्जुनले छोडिदिए कबिर सिंह ?

अर्जुनले थपे, ‘संदिपसँग यो फिल्मका लागि एकदम स्पष्ट भिजन थियो र उनीबिना यो फिल्म जस्तो बन्यो, त्यो बन्नै सक्दैनथ्यो । साधारणतया फिल्मले नायक र निर्देशक छान्छन् तर यो केसमा मामला थोरै जटिल थियो । यसमा थुप्रै भावना र कुराहरु मिश्रित थिए । फिल्मका निर्देशकले यो प्रोजेक्टका लागि अरु कसैलाई अप्रोच गरेका थिए तर उनले मलाई यो फिल्ममा अभिनय गर्न पाउँदैनौं भनेर चाँही भनेका थिएनन् । मैले राम्रो प्रोजेक्ट छानेको थिएँ तर कहिलेकाँही तपाईं जीवनमा अघि बढ्नुपर्छ ।’

यद्यपि, उनी यो फिल्मको सफलताले निकै खुसी छन् र उनले शाहिद फिल्मका लागि सबैभन्दा राम्रो छनौट भएको बताए । अर्जुनले भने, ‘शाहिद यो फिल्मका लागि उत्कृष्ट चोइस थिए । उनले यो फिल्ममा शानदार काम गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप