शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुख महरामाथि बलात्कारको आरोप : यसरी गर्न सकिन्छ छानबिन

मङ्गलबार, १४ असोज २०७६, ११ : २५
मङ्गलबार, १४ असोज २०७६

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि यतिबेला नेपाली राजनीति तातेको छ । सभामुख महराले भने आफूमाथि लगाइएको आरोपहरुको खण्डन गरेका छन् ।

महराको तर्फबाट प्रेस संयोजक डिल्ली मल्लले गरेको खण्डनमा महरा असोज १२ गते आइतबार अपरान्ह २ बजेदेखि बालुवाटार निवासमै रहेको र अन्त कहीँपनि नगएको कुरा उल्लेख गरिएको छ । तर आरोप लगाउने महिलाले महरा करिब ७ बजे तीनकुनेस्थित उनको डेरामा आएको र आफूमाथि यौन अपराध गरेको मिडियाबाट आरोप लगाएकी छिन् । यद्यपि महराले गरेको भनिएको ‘यौन दुर्व्यवहार’को सम्बन्धमा ती महिलाले प्रहरीमा औपचारिक उजुरी वा निवेदन दिएकी भने छैनन् ।

यसरी गर्न सकिन्छ छानबिन

महिलाले यौन अपराधको आरोप लगाएपछि महराको तर्फबाट त्यसलाई कपोलकल्पित भन्दै महरालाई खुइल्याउन ‘कठपुतली’ खडा गरिएको भनेका छन् । तर आफ्नो संलग्नता छैन भन्ने आधार भने प्रस्तुत गर्न सकेका छैनन् ।

संलग्नता वा असंलग्नता अब यसरी खोजौं

१. महराको सिडिआर रिपोर्ट

मोबाइल टेक्नोलोजीमा सिडिआर अर्थात् कल डिटेल्स रिपोर्ट हुन्छ । यो भनेको महराले त्यसदिन वा समयमा को को व्यक्तिलाई फोन गरे ? कुन कुन समयमा कति–कति मिनेट कुरा गरे । उनी कुन लोकेशनमा कति समय रहे आदि सबै कुरा स्पष्टरुपमा आउन सक्छ । यदि महरा ती महिलाको कोठामा गएका थिए भने सिडिआर रिपोर्टले उनको मोबाइलको लोकेशन तीनकुने देखाउनेछ भने विज्ञप्तिमा भनिएजस्तै उनी बालुवाटारस्थित सभामुखको निवासमै थिए भने उनको लोकेशन बालुवाटार नै देखाउनेछ ।

अर्को सवाल पनि उठ्ला, कतै महराले मोबाइल घरमै राखेर पो तीनकुने गएका थिए कि ? त्यो सम्भावना पनि नरहला भन्न सकिन्न । तर यदि त्यस्तो भएको खण्डमा पनि त्यो समयमा साँझ ७ बजेदेखि ९ बजेसम्म महराको ती मोबाइलहरुमा फोन लाग्यो कि लागेन, उठ्यो कि उठेन त्यो हेर्न सकिनेछ ।

२. सिसिटिभी फुटेज

यौन अपराधको घटनामा महराको संलग्नता छ कि छैन भनेर छानबिन गर्ने अर्को माध्यम भनेको विभिन्न स्थानको सिसिटिभी फुटेज नै हो । यसका लागि सरकारले प्रहरीलाई निष्पक्षरुपमा छानबिन गर्न दिएमा यो घटनाको वास्तविकता बाहिर आउनेछ ।

महराको तर्फबाट आएको विज्ञप्तिलाई आधार मान्ने हो भने उनी अपरान्ह २ बजेसम्म सिंहदरवार र त्यसपछि बालुवाटारस्थित निवास गएको भनिएको छ । यी दुवै स्थानमा सिसिटिभी क्यामेरा राखिएका छन् । त्यसकारण महरा कुन बेला निवास पुगे, कुन बेला कहाँ गए भन्ने सबै कुरा सिसिटिभीमा देखिनेछ ।

त्यसबाहेक बानेश्वर एरिया र ती महिला रहेको एरियामा पनि केही सिसिटिभी क्यामेरा रहेका छन् । ती स्थानहरुको सिसिटिभी फुटेज पनि प्रहरीले अनुसन्धान गर्न सक्नेछ । त्यसका लागि महरा आफैले अनुसन्धानलाई सघाउनका लागि मार्ग प्रशस्त गर्नुपर्नेछ ।

३. ड्राइभरको बयान

त्यो समयमा घटना गराउनका लागि यदि महरा तीनकुने पुगेका थिए भने पक्कै पनि सवारीसाधन लिएर गएका थिए होला । यदि ती महिलाले भनेको जस्तै ‘निलो गाडी’ लिएर गएका थिए भने ती गाडीका चालकलाई नियन्त्रणमा लिएर बयान लिन सक्नेछ र छानबिन पनि गर्न सक्नेछ । यसबाट पनि केही तथ्य खुल्नेछ ।

४. भेजाइनल स्वाब र डिएनए परीक्षण

सभामुख कृष्णबहादुर महराले यदि ती महिलामाथि यौन अपराध गरेकै हुन् भने महिलाले प्रहरीकोमा उजुरी दिएर स्वास्थ्य परीक्षण गराउन सक्नेछिन् । स्वास्थ्य परीक्षण गराउँदा महिलाको भेजाइनल स्वाबको स्याम्पल लिएर महराको विर्यसँग ‘म्याचिङ’ गराउन सकिनेछ ।

तर यदि यौन अपराध अर्थात् बलात्कार नै गरेका हुन् र अपराध गर्दा कण्डमको प्रयोग भएको छ भने भने भेजाइनल स्वाबमा त्यो स्याम्पल भेटाउन सकिँदैन ।

तर अर्को उपाय भने बाँकी नै रहनेछ । त्यो उपाय के हो भने महिलाको शरीरमा रहेको घाउबाट डिएनए स्याम्पल लिने । ती महिलाले भनेअनुसार त्यो चिथोरिएको घाउ महराबाटै भएको अपराध हो । यदि त्यो महराले नै गरेका वा गराएका हुन् भने महराको डिएनएसँग म्याचिङ गर्न सकिनेछ ।

५. भाइबरको म्यासेज

ती महिलाले महराले भाइबरमा पनि पटकपटक आपत्तिजनक म्यासेज पठाएको भनेकी छिन् । यदि त्यसमा सत्यता छ भने महिलाले भाइबरको म्यासेज पनि सार्वजनिक गर्न सक्नेछिन् । त्यसबाट पनि केही कुरा बाहिर आउनेछ ।

....

अब सवाल उठ्छ, यदि यो घटनामा सत्यता छ भने ती महिलाले किन अहिलेसम्म प्रहरीकोमा लिखित उजुरी वा निवेदन दिइनन् ? प्रहरीका अनुसार आइतबार राती फोनमा जानकारी गराएपछि प्रहरी पुगेर केही तस्वीर खिचेको छ । तर महिलालाई उजुरी दिन आग्रह गर्दा महिलाले भने भोलि बिहान (सोमबार बिहान) आउने बताइन् । तर सोमबार ती महिला प्रहरी कार्यालयमा आइनन् । बरु मिडियामा गएर कुरा पोखिन् ।

महिलाले श्रीमान्लाई किन अझैसम्म केही भनिनन् ?

यति ठूलो ‘अपराध’ भएको भन्दै मिडियामा सार्वजनिक भएकी महिलाले घटनाबारे अहिलेसम्म आफ्नै श्रीमानलाई भने केही बताएकी छैनन् । मंगलबार बिहान रातोपाटीको सम्पर्कमा आएका महिलाकी पतिले घटनाबारे केही जानकारी नभएको र श्रीमतीले आफूलाई फोनसमेत नगरेको बताए ।

घटनामा महराको संलग्नता होला कि नहोला त भन्ने रातोपाटीको प्रश्नमा उनले आफूलाई केही थाहा नभएकाले अहिले नै केही भन्न नसक्ने भन्दै आफू बुधबार मात्रै काठमाडौँ आउने बताए । अहिले उनी कामको सिलसिलामा काठमाडौँबाहिर रहेका छन् ।

महिलाले किन पटकपटक विष खाइन् ?

महरामाथि गम्भीर आरोप लगाउने महिलाले यसअघि २ पटक विष खाएको बताइएको छ । पछिल्लोपटक करिब १ वर्षअघि महिलाले विष सेवन गरेकी थिइन् । विष सेवन गरेर गम्भीर बिरामी भएपछि उनलाई करिब १५ दिन अस्पतालमा राखेर उपचार गरिएको उनका श्रीमान्ले रातोपाटीलाई बताएका छन् । श्रीमान्का अनुसार उनले लामो समयदेखि डिप्रेसनको औषधी खाएकी थिइन् । तर विषकाण्डपछि अब आफूले त्यस्तो केही हर्कत नगर्ने र सामान्य जीवन बिताउने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप