प्रदेश ५ मा अख्तियारका दुई स्टिङ अपरेशन, २४ घण्टामा प्रहरीका सई र प्रधानाध्यापक पक्राउ
बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोग आयोग बुटवलले २४ घण्टाको अवधिमा दुई वटा स्टिङ अपरेशन गरेको छ । सोमबार साँझ अख्तियारले १५ हजार घुससहित प्रहरी नायव निरीक्षक (सई) लाई रुपन्देहीबाट नियन्त्रणमा लियो ।
इलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)खिमबहादुर जिसी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।
यस्तै मंगलबार पनि कपिलवस्तुमा प्रधानाध्यापक पक्राउ परेका छन् । बिहान अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले कपिलवस्तुबाट रु ४० हजार घुस रकमसहित श्री बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ स्थित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यलय सहयोगी राम कुमार लुनिया रहेका छन् ।
विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागि उनीहरुले घुस रकम मागेको सूचनाका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे