शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

मङ्गलबार, १४ असोज २०७६, १४ : ५१
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा.३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा नियमित रात्रीकालीन जाँच गर्ने क्रममा चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले १ हजार रकम दिई प्रहरीलाई प्रलोभनमा पार्न खोजेकोले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप