बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापा पहिलो

मङ्गलबार, १४ असोज २०७६, १९ : ४१
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– नेपालका कमल थापाले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ¥याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ५५ वर्षमाथि पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा कमलले नेपालकै प्रदीपबहादुर शाहलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्स ६० वर्षमाथि अमेरिकाका एजेएस छत्वालले अस्ट्रेलियाका रोबर्ट म्याक गुइगानलाई ६–४, ७–६ (७–५) ले पहिलो भए । ५० वर्षमाथि पुरुष सिंगल्समा भारतका तुलेश्वरसिंह थोङबाम पहिलो भए ।

उनले फाइनलमा भारतकै शंकर कृष्णस्वामीलाई ६–२, ४–६, १–२ (रिटायर्ड) पाखा लगाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा डेनमार्कका निकोलाई रास्त्रुपले बाजी मारे । उनले फाइनलमा भारतका योगेश कोहलीलाई ६–०, ६–० ले सहजै पन्छाए । ४० वर्षमाथि पुरुष सिंगल्समा भारतका दीपक मार्वाहाले नेपालका महेश श्रेष्ठलाई ३–६, ६–२, ६–४ को सेटमा पराजित गरे । पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३, ६–३ ले पराजित गर्दै पहिलो भए । पुरुष डबल्स ४५ वर्षमाथि भारतका योगेश कोहली र शंकर कृष्णस्वामीको जोडीले नेपालका प्रताप मोक्तान र जितेन्द्र प्रधानको जोडीलाई ६–४, ६–३ ले पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप