शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुख महरा प्रकरणमा नयाँ ट्वीस्ट: रोशनी शाहीले भनिन्- महरा मेरा पिता समान, दुर्व्यवहार भएको छैन

पीडितको भनाइः डिप्रेसनको औषधी खान्छु, रिसको झोकमा के के भनें !
मङ्गलबार, १४ असोज २०७६, २० : ५२
मङ्गलबार, १४ असोज २०७६

काठमाडौँ । २४ घण्टाको समयान्तर बित्दानबिन्दै हाल राजीनामा दिएका सभामुखले बलात्कार गरेको भनी आरोप लगाउने पीडित भनिएकी रोशनी शाहीको सार्वजनिक भएको भिडियोले समग्र प्रकरणमै नयाँ ट्वीस्ट आएको छ ।

अघिल्लो भिडियोमा शाहीले महरा आफ्नो कोठामा आएर आफूलाई बलात्कार गरेको र कुटपीट गरेको गम्भीर आरोप लगाएकी थिइन् । तर आज आएको भिडियोमा भने उनले अघिल्लो भिडियोमा  आफैंले बोलेका कुराहरुलाई पूरै खण्डन गर्दै आफूमाथि कुनै दुर्व्यवहार नभएको भन्दै बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ ।

ध्यानयोग्य कुरा के छ भने, अघिल्लो भिडियोमा उनको बोली सुन्दा उनी पूर्ण होसहवासमा नरहेको अनुभव गर्न सकिन्छ । आजको भिडियोमा भने उनको बोली पूर्ण होसहवासमै रहेको तर उनका भनाइहरु, बोलाइहरु संगतीपूर्ण देखिन्न ।


सभामुख महरामाथि जर्वजस्ती करणीको आरोेप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले  आफ्नो पछिल्लो भिडियोमा महरा आफ्ना बाबु समान भएको भन्दै आइतबार महरा आफ्नो कोठामा समेत नआएको प्रस्टीकरण दिएकी छन् । नागरिक खवर डटकम अनलाइनलाई मंगलबार १६ मिनेट ४० सेकेन्डको भिडियो अन्र्तवार्ता दिदै शाहीले महरा सर आफ्नो बुबासमानको मान्छे भएको भन्दै उहाँमाथि लागेको अरोपमा कुनै सत्यता नभएको बताएकी छन् ।

त्यस्तै उनले भनेकी छन्  रिस उठेको बेलामा मैले केके भने यी सवै निराधार हुन् । त्यसमा कोहीपनि भ्रममा नपर्नुहोला । शाहीले आफूले ८ बर्षदेखि डिप्रेसनमा परेको र औषधी खाइरहेको पनि बताएकी छन् ।

उनले रिस उठ्दा भनेको कुरालाई पत्रकारले बंग्याएर लेखेको समेत दावी गरेकी छन् ।

सोमबार हाम्रा कुरा डटकम अनलाइनले लिएको शाहीको भिडियोे अन्तर्वार्तामा उनले आइतबार साँझ महरा आफ्नो कोठामा आएर मदिरा खानुका साथै आफुमाथि हातपात र करणी गरेको बताएकी थिइन् । तर, शाहीले यस्तो आरोप लगाएको केही घण्टापछि सभामुख महराको सचिवालयले खयडन गर्दै उनको आरोपमा कुनै सत्यता नरहेको जनाएको थियो ।

उनको यस्तो भिडियो सार्वजनिक भएपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिइसकेका छन् । मंगलबार नै घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको थियो । तर, एकाएक शाहीले बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ । यो घट्नाले नेपालका संचारमाध्यम, अनुसन्धान गर्ने निकाय रर राजनीतिक दलहरुको क्षमतामाथि नै गम्भीर प्रश्न गर्न सक्ने अवस्था सिर्जना गरेको छ । 

मिडियाको बयानबाजीबाट महरालाई राजीनामा समेत गराउने गरी विवादको तुफान खडा गर्ने पीडित भनिएका रोशनी शाहीले नै इन्कारी बयान गरेपछि घटनाको पटाक्षेप भएको तर्कहरुसहित सामाजिक सञ्जाल र मिडियामा ‘ट्रयाल’ चल्न शुरु भएको छ । तर यो सामान्य प्रकृतिको घटना नभई अत्यन्तै गम्भीर, राजनीतिमा दुरगामी प्रभाव पार्न सक्ने घटना भएकोले गर्दा यस समग्र प्रकरणमा विशेष छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनु जरुरी छ । साँच्चनै हाल राजीनामा दिएका सभामुख महरा निर्दोष छन् भने यसबारेमा सार्वजनिक पत्रकार सम्मेलन गरेर प्रकाश पार्दा धेरै कुराहरु स्वतः स्पष्ट हुनेछ । त्यसमाथि थप आफू डिप्रेसनको रोगी भनी सार्वजनिक रुपमै स्वीकार्ने आरोपीले सेवन गरिरहेको औषधी, त्यसले पार्ने प्रभावका पाटोलाई समेत समेट्दै विशिष्ट घटनाको रुपमा यसबारे अनुसन्धान गरिनु उचित हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप