शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिम्बावेसँग हार्यो नेपाल

मङ्गलबार, १४ असोज २०७६, २१ : ३७
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं-सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । योसँगै नेपाल जिम्बावेसँग दोस्रो पटक पराजित भएको छ । सिरिज अन्तर्गत नै नेपाल शुक्रबार जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो । जिम्बावेले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ  विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले २५ रन, करण केसीले १८, कप्तान पारस खड्काले १२ रन बनाए । जिम्बावेका सेन विलियम्सले तीन र टिनोटेन्डा मुटोम्बोड्जीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उकासेका थिए । विलियम्सले ५३ रन बनाए ।

रयान बर्लले अविजित २८, पिटर मुरले २१ र तिनोटेन्डा मुतोम्बोडजीले २० रन बनाए । नेपालका सन्दीप लामिछाने र सोमपाल कामील दुई दुई विकेट लिए । कप्तान पारस खड्का र अभिनाश बोहोराले एक एक विकेट लिए । नेपालले दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो । नेपालले अव अन्तिम खेल बुधबार सिंगापुरसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप