शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित गन्तव्यसम्म पुर्याउन भन्दै उपमेयरद्वारा चालकलाई सम्मान

बुधबार, १५ असोज २०७६, ११ : ०९
बुधबार, १५ असोज २०७६

रौतहट । चाडपर्वको बेलामा विस्तारै सवारीसाधन चलाइ यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुरयाउन अनुरोधसहित रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले चालकहरुलाई सम्मान गरेकी छिन् ।

बुधवार बिहान नगरपालिकाको कार्यालय अगाडी कटहरिया गरुडा मुलसडकमा उपमेयर खातुनले प्रहरीको गाडी चलाउने चालकदेखि जिप, ट्याक्टर, टेम्पो चालकलगायत झण्डै डेढ दर्जन चालकलाई सम्मान गरेकी हुन् ।

दसैँको अवसरमा सवारी दुर्घटना हुन नदिन नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले चालकलाई टिका र माला लगाइ सम्मान गरेपछि जिल्ला–जिल्लामा नेपाल प्रहरीले चालकलाई सम्मान गर्ने पछिल्लो केही दिनदेखि अभियानै चलाएको छ ।

उपमेयर खातुनले चालकहरुलाई टिका लगाउनुका साथै गाम्छा ओढाइ राम्ररी गाडी चलाएर सुरक्षित पुर्याउनु भन्दै बडादसैँको शुभकामनासमेत दिएकी थिइन् ।

उक्त अवसरमा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराज अधिकारी, कटहरिया ७ का वडा अध्यक्ष नवद राय यादव, वडा ८ का वडा अध्यक्ष नन्दलाल पाश्वान, स्थानिय व्यापारी तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप