‘मिस ग्राण्ड नेपाल’ निशालाई कस्मो ट्रेडिङको ५० हजार सहयोग
काठमाडौं– ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् । ९ देखि २६ अक्टोबरसम्म भेनेजुयलाको काराकास शहरमा आयोजना हुने यो प्रतियोगितामा निशा नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेकी हुन् । उनी नेपालको एक्लो प्रतिनिधि हुन् ।
उक्त प्रतियोगितामा नेपालको प्रतिधित्व गर्न लागेकी निशालाई कस्मो ट्रेडिङ प्रालिले नगद रु ५०,००० समेत सहयोग गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच कस्मो ट्रेडिङका अध्यक्ष रेशम लामाले निशालाई रकम हस्तान्तरण गरे ।
नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय कार्यक्रमा सहभागी हुन लागेको निशालाई हौसला प्रदान आफुले सानो सहयोग गरेको कस्मो ट्रेडिङका अध्यक्ष रेशम लामाले बताए । ८० देशका सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा निशाले भिजिट नेपाल २०२० को प्रचार गर्दै विश्वका प्रतिनिधिलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछिन् ।
बलिउड शो डाउन नेपाल नामक संस्थाले निशालाई ‘मिस ग्राण्ड नेपाल २०१९’ को उपाधिसहित ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ मा पठाउन लागेको हो । इप्लानेट प्रालीको संयोजनमा प्रतियोगितामा सहभागी हुन लागेकी निशाले नेपाली कलासंस्कृति झल्कने विभिन्न भेषभुषा सहितको नृत्य समेत कार्यक्रममा प्रस्तुत गर्ने बलिउड शो डाउनका निर्देशक सुरेश तामाङले जानकारी दिए ।
प्रतियोगिताका लागि निशाले विभिन्न प्रशिक्षण समेत लिएकी छन् । २२ वर्षीया निशासँग मिस हेरिटेज इन्टरनेशनल २०१५, मिष्टर एण्ड मिस कल्चर वल्र्ड २०१९ लगायत सौन्दर्य प्रतियोगिताको समेत अनुभव रहेको छ । नेपालका लागि शीर्ष उपाधि भित्र्याउने लक्ष्यसहित आफु प्रतियोगितामा सहभागी हुन लागेको निशाले बताइन् । ‘नेपाल चिनाउन मेरो लागि यो एउटा अवसर हो । सफल भएर फर्किने छु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान