शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालीबासका युवाको उदाहरणीय काम

बुधबार, १५ असोज २०७६, १७ : ५९
बुधबार, १५ असोज २०७६

रौतहट – रौतहटको उतरीभेग बाराको सिमानासाग जोडिएको फतुवा बिजयपुर नगरपालिकाको हिमासीबास टोलका युवा समाजमा उदाहरणको पत्र बनेका छन् ।

पछिलो समय स्थानीय तहले गर्न नसकेको काम ती युवाले आफनै लगानीमा गरेर समाजमा उदाहरणका पात्र बनेका  हुन् । हिमालीबास गाँउदेखि बारा जोडने मुलसडकमा रहेको ह्युमपाइप फुटेर पछिलो दुई सातादेखि यातायात प्राय.ं बन्द भएको थियो ।

बडो मुस्किलले सो बाटो भएर आवत जावत भइरहेको थियो । ह्युमपाईप हाल्न र बाटोको समस्या बारे पटक पटक फतुआ बिजयपुर नगरपालिकालाई अनुरोध गर्दा वास्ता नगरेपछी आज गाँउका युवा आफैमा चन्दा संकलन गरेर ह्युमपाईप राखी बाटो सञ्चालन गराएका हुन् ।

युवा माझ ५६ हजार रुपैया संकलन गरेर ह्युमपाइप राखी बाटो संचालन गराइएको एकजना स्थानीय युवा अजय तिम्मलसिनाले बताए । तिम्मलसिनाले केहीदिन अघिमात्र ८५ हजार रुपैया आफैमा चन्दा संकलन गरी हिमालीबास गाँउभरीका सबै बिद्युतको पोलमा बती जडान गरी गाँउनै झिलीमिली बनाए ।

यस्तै तीनलाख रुपैयाको लागतमा गाँउमा सार्वजनिक प्रतिक्षालय निर्माणका लागी एक लाख ५० हजार संकलन गरीसकेको अर्का स्थानीय अशोक श्रेष्ठले बताए । युवाले उदाहरण्ीय काम गरेको हेरेर छर छिमेकका मानिस आर्थिक सहयोग दिएर उनले बताए ।

बारा अडेमवा गाँउका एकजना व्यापारी सहदेव खरेलले युवा समुहलाई सार्वजनिक कामको निमित  ७७ हजार ७ सय ७७ रुपैया सहयोग गरेको होटेल ब्यवसायी युवा अशोक श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप