बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

बुधबार, १५ असोज २०७६, २२ : २५
बुधबार, १५ असोज २०७६

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई आज राति स्वदेश फर्किएका छन् ।
    
महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।

विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरराष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घको सुधारमा द्वन्द्व तथा आतङ्कवाद जस्ता विषयमा विचार आदानप्रदान गरेका थिए । 

यसैबीच सञ्चारमन्त्रीकर्मीको जिज्ञासामा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद्को बैठकमा सबै आठ देशले सार्कलाई गति दिन प्रतिबद्ध रहेको बताएको जानकारी दिए । 

चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना रहेको भए पनि मिति भने निर्धारण भई नसकेको उनले बताए । मन्त्री ज्ञवालीलाई विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप