शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा चुस्त पार्न आइजीपी खनालको निर्देशन

बुधबार, १५ असोज २०७६, २२ : ३७
बुधबार, १५ असोज २०७६

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् । 

आज मातहतका प्रहरी कर्मचारीलाई बोलाएर उनले प्रहरीको साख माथि उठाउने यो महत्वपूर्ण अवसर भएको भन्दै सुरक्षामा कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिएका हुन् । बैठकमा महानगरीय प्रहरी कार्यालय परिसर, ट्राफिक प्रहरी महाशाखा, अपराध महाशाखा, वृत्त, प्रभागका प्रमुखसहितका प्रहरी कर्मचारीको सहभागिता थियो । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले चाडबाडलगायत शान्तिसुरक्षालाई चुस्त बनाउने विषयसँगै प्रहरी दिवस आउन लागेकाले सोही विषयबारे आजको बैठकमा छलफल भएको जानकारी दिए ।

अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षामा अन्य देशका राष्ट्र प्रमुखको जस्तै उच्चस्तरको सुरक्षा प्रबन्ध गरिएको र सबै सुरक्षा निकायको समन्वयमा नै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको राससलाई जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप