शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको कठिन जित

बिहीबार, १६ असोज २०७६, ०८ : ५४
बिहीबार, १६ असोज २०७६

साविक विजेता लिभरपुलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्लिश क्लब लिभरपुलले अष्ट्रि«याको साल्जवर्गलाई ४–३ गोलले हरायो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउन मोहमद सलाहले दुई गोल गरे । साडियो माने र एन्ड्रयु एन्डरसनले एक एक गोल गरेका थिए । साल्जवर्गका हि चान ह्वाङ, ताकुमी मिनामिनो र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । २५औं मिनेटमा एन्डरसनले गोलगर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । सलाहले ३६औं मिनेटमा तेस्रो गोल गरे ।

सलाहको गोलपछि साल्जवर्गका ह्वाङले ३९औं,  मिनामिनोले ५६ औं र हल्यान्डले ६०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ६९औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जिताएका थिए ।

यही समूहको अर्को खेलमा इटालियन क्लब नापोली र बेल्जियन टोली जेन्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा दुई खेलबाट चार अंक बनाएको नापोली शीर्ष स्थानमा छ । पहिलो जित हात पारेको साल्जवर्ग र लिभरपुल तीनतीन अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् । एक अंक बनाएको जेन्क तालिकाको अन्तिममा छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप