शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, अप्टिकल फाइबरको बाँकी काम यथाशीघ्र सक्न प्रधानमन्त्रीको निर्देशन

बिहीबार, १६ असोज २०७६, ११ : ५७
बिहीबार, १६ असोज २०७६

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी, नेपाल टेलिकम(एनटीसी)ले देशैभरी फोरजी सेवा विस्तार गरेको छ । 

बुधबार राजधानीमा विशेष समारोहकाबीच एनटीसीले फोरजी सेवा शुभारम्भ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ७ का मुख्यमन्त्रीसँगको भिडियो कन्फरेन्सबाट फोरजीको लन्च गरेका छन् ।
 योसँगै सात प्रदेशका ३२ जिल्लामा एकसाथ एनटीसीको उच्च गतिको इन्टरनेट ‘फोर जी’ सुरुवात गरेको छ । 

फोर्थ जेनेरेशन अर्थात् चौथो पुस्ता(फोरजी)को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सातै प्रदेशमा विस्तार गरिएको फोरजी प्रविधिले नेपालको आर्थिक सामाजिक तथा राजनैतिक रुपमान्तरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । यसै अबसरमा प्रधानमन्त्री ओलीले अप्टिकल फाइबरको बाँकी काम यथाशीघ्र पूरा गर्न समेत ठेकेदार तथा म्ंवन्धित कम्पनीलाई निर्देशन दिएका छन् । 

‘काम गर्न सक्ने हो भने गर्नुस्, नसक्ने हो भने सक्दिन भनेर हात झिक्नुस् । तर काम ओगटेर नबस्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यदि देशलाई नोक्सान पार्ने र फाइदा लुट्ने खेल हुँदैछ भने सैह्य हुँदैन । बदमासी गर्नेलाई कारबाही हुन्छ ।’

ओलीले विश्व बजारमा बढ्दो आधुनिकता तथा बढ्दो प्रविधिको विकास र प्रयोगबाट नेपालले केही सिक्नु पर्ने बताए । सन् १९९२ अमेरिका भ्रमणमा जाँदा पहिलो पटक मोबाइल फोनको प्रयोग देख्दा अचम्म लागेको र पछि त्यहिँबाट सिकेर नेपालमा पनि फोन भित्र्याएको उदाहरण दिँदै ओलीले अब नेपालमा फोनका लागि नभएर उच्च प्रविधिमा ध्यान दिनुपर्ने बताए । 

‘संचार क्षेत्रमा पहिला सामान्य अखबार छाप्ने प्रेस आयो । त्यसपछि रेडियो, टिभी हुँदै मोबाइल फोन आयो । अहिले आधुनिक कम्प्युटर र टेक्नोलोजी नेटवर्किङ्ग सुविधाहरु आएका छन् । भर्खर मात्र हामीले फोर–जी भित्र्याएका छौँ’, उनले भने, ‘अब हामीले फोरजीकै प्रयोग र सहयोगबाट देशको आर्थिक सम्बृद्धि र व्यावसायीक रुपान्तरण गर्नु पर्छ ।’

सो अवसरमा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नेपालले अर्को युगको सुरुवात गरेको बताए । प्रविधिको युगमा नेपालले सकारात्मक फड्को मारेको उनको भनाइ छ । 

‘अथक प्रयास, लामो प्रतिक्षा र लगानीबाट हामीले फोरजी संचालन गर्न सफल भएका छौं । टेक्नोलोजिकको प्रयोगमा यो एउटा नेपालको अग्रगमनको फड्को हो भनेर मैले बुझेको छु,’ संचारमन्त्री बास्कोटाले भने, ‘अझै काम पूरा भइसकेका छैनन् । देशैभर अप्टिकल फाइबरको काम भइरहेको छ । छिटो भन्दा छिटो काम पूरा गर्न र जनतालाई सेवा प्रदान गर्न आग्रह गर्दछु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिकमका संचालक सचिव महेन्द्र बहादुर गुरुङ्गले नेपालको दूरदराजमा रहेको र अति दुर्गम भनिएका क्षेत्रहरुमा समेत टेलिकमले फोरजी सेवा पु¥याउन सफल भएको बताए । 

‘नेपाल टेलिकम जनसेवामा प्रतिवद्ध छ ’ सचिव गुरुङ्गले भने, ‘सेवा विस्तार र  टेक्नोलोजी प्रदानमा टेलिकमले ठूलो सफलता प्राप्त गरेको छ । व्यवसायीक कम्पनी भएतापनि हामीले नाफा–नोक्सानलाई नहेरी नेपालको दुरदराजमा समेत सेवा पु¥याएका छौं । पूर्वको भीमदत्त, पश्चिमको मुक्तिनाथ, बेनी, बाग्लुङ्ग, तुलसीपुर, मुलिया लगायतका विकट क्षेत्रमा समेत टेलिकमले फोरजी पु¥याएको छ ।’ 

सचिव गुरुङ्गले थपे, ‘आजको दिनसम्म सेवामा मात्र होइन नेपाल टेलिकम व्यापारमा समेत अग्रणी छ । भोलिका दिनमा पनि रहन्छ र रहिरहन्छ ।’

विस्तारित फोर–जी एलटिइ सेवा एलटिइ एड्भान्स प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गरिसकेको एनटीसीले जानकारी दिएको छ ।   

३२ जिल्लाका प्रमुख शहरमा विस्तार भएको फोरजी सेवा पुगेपछि उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमको दाबी छ । 

नेपाल टेलिकमले पहिलोपटक २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी र एलटीई सेवाको शुरुवात गरेको थियो। यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । 

कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप