शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफरै अफरको दसैँ

बिहीबार, १६ असोज २०७६, १५ : ३१
बिहीबार, १६ असोज २०७६

नेपालीहरूको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँ, तिहार, छठ लगायतका चाडपर्वले नेपालको अर्थ व्यवस्थालाई नै चलायमान बनाउने भएकाले यी चाडपर्वलाई आर्थिक हिसाबले विशेष महत्त्वका साथ हेरिन्छ ।

दसैँ भन्ने वित्तिकै नयाँ लुगा, घरायसी सरसामान खरिद, मीठो परिकार र पारिवारिक जमघटलाई बढी महत्त्वका साथ हेरिन्छ । त्यसैले पनि चाडपर्व सुरु भएसँगै बजारमा चहलपहल पनि ह्वात्तै बढ्ने गर्छ । 

यही मौका छोपेर विभिन्न कम्पनी तथा बिक्री केन्द्रहरूले चाडबाड योजना सार्वजनिक गर्ने गरेका छन् । नयाँ नयाँ सामानको खरिद बिक्री उच्च हुने भएकाले विशेष योजनासहित प्रतिस्पर्धामा बजार आउने गर्छ । 

यो वर्ष पनि विगतको जस्तै विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीदेखि अटोमोबाइल कम्पनी, दूरसञ्चार कम्पनी, इलेक्ट्रोनिक्स ब्रान्डहरू, बैङ्क तथा गैरबैङ्क सेवा र व्यावसायिक घरानाहरूले पनि आआफ्नो अफर सार्वजनिक गरिसकेका छन् । आउनुस्, थाहा पाउनुस् कुन कम्पनीले कस्तो अफर ल्याएको छन् त ।

नेपाल टेलिकमको अफरै अफर

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरूमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरूमा विशेष छुटसहितका अफर ल्याएको छ । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरू घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् । 

यस्ता छन् अफरहरू

–फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउनेछन् ।

–पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रूपमा उपलब्ध छ । 

–पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध छ । आफ्नो मोबाइलमार्फत *1400#  डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । 

–प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् ।  आफ्नो मोबाइलमार्फत *1400#  डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

रिचार्जमा बोनस

टेलिकमले जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ । असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्राप्त गर्न सकिन्छ ।

यस योजनामा ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस ३ दिनभित्र र ५०० र १००० को बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । 

त्यसैगरी एमपोसबाट १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । 

एनआईसी एसिया बैङ्कको दसैँ सुपर चमत्कारिक उत्सव 

चाडबाडको अवसर पारेर विभिन्न कम्पनी, व्यवसायहरू आफ्ना ग्राहकहरूका लागि विभिन्न छुट तथा अफरका योजनाहरू लिएर आउने गर्छन । केही वर्षयता बैङ्किङ क्षेत्रले पनि आफ्ना ग्राहकहरूका चाडपर्व लक्षित छुटका योजना ल्याउने क्रम बढेको छ ।

यही क्रममा एनआईसी एसिया बैङ्कले यस वर्षको दसैँमा आफ्ना ग्राहकहरूका लागि दसैँ सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ, जसबाट देशभरका ग्राहकहरूले अधिकतम लाभ लिन सक्नेछन् । 

देशकै विभिन्न सहर र ठाउँमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैङ्कका ग्राहकहरूले डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५५ वा प्रत्येक ६ हजारभन्दा माथिको खरिदमा १ हजार छुट प्राप्त गर्न सक्नेछन् । 

तपाईं एनआईसी एसिया बैङ्कको ग्राहक हुनुहुन्न भने पनि भाटभटेनी सुपरमार्केटमा बैङ्कले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेबिट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरूमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ  ।

आश्विन ८ गतेदेखि सुरु भएको यो योजनासँगै एनआईसी एसिया बैङ्कको सबै आउटलेटहरूमा सपिङ गर्न आउनेहरूको भीड लागेको छ । 

कात्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौँले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैङ्कले जनाएको छ ।

कोकाकोलाले आमाहरूसँग उत्सव मनाउने

‘सेयर अ कोक’को स्थानीयकृत रूप ‘मन खोलौँ कोकसँग’को चौथो संस्करण जारी गर्दै यस पटक कोकाकोलाले आफ्ना उपभोक्तालाई महान चाड दसैँ तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।  यस वर्ष कोका–कोलाले ‘माइ मम् मेक्स् माई दसैँ स्पेसल’ भन्ने थिमसहित नयाँ दसैँ क्याम्पेन सार्वजनिक गरेको छ । 

यस अभियानले आमाहरूले हाम्रो दसैँ र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुसीयाली बनाउन निःस्वार्थ काम तथा अथक प्रयासहरू गर्छन् भन्ने सन्देश दिएको छ । आमाको उपस्थिति र प्रयासका कारण नै दसैँ हर्ष, खुसी र उत्सवका साथ सुरु हुन्छ । दसैँको विशेष अंश भनेको सधैँ हाम्री आमा र उहाँको माया हो ।  

आमाहरूले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दै कोकाकोलाले चाडपर्वको अवसरमा हामीले आमालाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । 

दसैँ र तिहारमा आमाले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दै यी लेबलहरू नियमित लेबलको ठाउँमा राखिएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौँलो रङ्गमा दसैँको विभिन्न तत्व जस्तै चङ्गा, दसैँको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ ।

कोकाकोलाले भाटभटिनी सुपर मार्केट, सेल्सबेरी र सेल्सवेको विभिन्न स्थानमा छिट्टै ग्राउन्ड एक्टिभेसनको माध्यमबाट नयाँ लेबल ल्याउँदै छ । एक्टिभेसनमा कस्टुमाइज्ड लेबल हुनेछ र उपभोक्ताहरूले आफ्नो आमाका लागि व्यक्तिगत (पर्सनलाइज्ड) म्यासेज लेखी प्रिन्ट गर्न सक्नेछन् ।

दराज दसैँ धमाका

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजको दसैँ धमाकामा थुप्रै अफरहरू धमाधम चलिरहेको छन् । यसै साल, दसैँको अवसर पारी दराजले अब गाडीहरू पनि बेच्ने घोषणा गरेको छ । सिप्रदी ट्रेडिङसँग मिली दराजले सबैभन्दा सुपथ मूल्यमा नेपालभरि टाटा टियागो गाडी बेच्ने भएको छ । 

दराजको दसैँ धमाका भदौ २९ देखि सुरु भएको हो । यस अभियानअन्तर्गत उपभोक्ताहरूले ६०५ सम्मको छुट भएको मेगा डिल्स, दसैँ दक्षिणा (-Discount Vouchers), मिस्ट्री बक्स, कलेक्टिबल भाउचरहरू, गेम जोन, तथा अन्य धेरै आकर्षणहरूको लाभ उठाउन सक्नेछन् । 

साथै उपभोक्ताले नविल, स्ट्यान्डर्ड चार्टड, सानिमा, र मेगा बैङ्कका डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २०५ अथवा २५०० सम्मको छुट पाउनेछन् । यो अभियान यही असोज १३ गतेसम्म लागू भएको थियो । 

हिमस्टारको ‘अजबको गजब’ योजना

गोल्छा अर्गनाइजेसनको भगिनी कम्पनी हिम इलेक्ट्रोनिक्सले दसैँ र तिहारको अवसरमा उपहारसहित ‘अजबको गजब’ योजना ल्याएको छ । जसमा ग्राहकले हरेक हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसी लगायतको खरिदमा हात खाली नजाने उपहार जित्न सक्नेछन् । 

ग्राहकहरूले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राई आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन् ।

गल्फ खेल्दा मोबाइल फ्री, निःशुल्क मोबाइल बिमा  

सीटीसी मोबाइल हब सुन्धाराले दसैँको अवसरमा अफरै अफरसहित मोबाइल मेला सञ्चालन गरेको छ । मेलामा मोबाइल खरिद गर्दा निःशुल्क मोबाइल बिमा सेवा पाइने छ । 

विभिन्न मोबाइल कम्पनीहरूसँगको सहकार्यमा सञ्चालित अफरै अफरसहितको मोबाइल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिनेछ । मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बिमाको समेत व्यवस्था गरिएको छ । 

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क वितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफूले खरिद गरेको मोबाइलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरिद गरेको मोबाइल निःशुल्क पाइनेछ ।

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्की ड्रमार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाइलको खरिदमा ग्राहकले हात खाली नजाने उपहारसमेत पाउनेछन् । असोज ५ गतेबाट दसैँ, तिहार र छठ कात्तिक १६ सम्ममा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहाको रे जेट आर स्कुटर प्रदान गरिनेछ । 

दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप वितरण गरिनेछ ।  मोबाइल मेला दसैँको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरू कात्तिक १६ गतेसम्म लागू हुनेछन् ।

केएल टावर ‘रमाइलो दसैँ तिहार’ उपहार योजना

केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको’ रमाइलो दसैँ तिहार’ उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै आकर्षक उपहारहरू उपलब्ध गराइनेछ । 

त्यसैगरी साप्ताहिक रूपमा गोयनका ब्रान्डको रेफ्रिजिरेटर, वासिङ मेसिन, एलईडी टेलिभिज, आइरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । बम्पर उपहारमा प्रथम उपहार स्वरूप एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल वितरण हुनेछ ।

दोस्रो उपहार स्वरूप यामाहाकै रे जेड आर स्कुटर वितरण गरिनेछ र तेस्रो उपहार स्वरूप एक जनालाई ४ रात ५ दिनको बैङ्कक भ्रमणको प्याकेज प्राप्त गर्न सकिनेछ । सान्त्वना उपहार स्वरूप टाइमेक्सको घडी एक जनाले प्राप्त गर्नेछ ।

उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन हुनेछन् ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो । असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्नेछ । टावरमा पचासवटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युब सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् । 

यामाहा अफर ‘१ लाखसँगै मोटरसाइकल’ र ‘एक्सचेन्ज एन्ड अपग्रेड’ 

यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले बडादसैँको उपलक्ष्यमा आफ्नो दसैँ योजना भिक्ट्री ल्याएको छ । जसमा यामाहा मोटरसाइकलमध्ये कुनै पनि एक खरिद गर्नेले हरेक दिन गरिने लक्की ड्रबाट १ लाख नगद जित्ने मौका र कुनै पनि यामाहा मोटरसाइकलको खरिदमा ७ हजारदेखि १ लाखसम्म स्योर सट छुट प्राप्त गर्नेछन् । 

साथै केही पनि खरिद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ । यामाहाले बडा दसैँ तथा तिहारलाई लक्षित गरेर ‘एक्सचेन्ज एन्ड अपग्रेड’ योजना पनि सार्वजनिक गरेको छ ।

यामाहा एक्सचेन्ज एन्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्रान्डको प्रयोगमा आइसकेका बाइकहरू साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ । देशभर छरिएर रहेका सबै यामाहा सोरुमहरूमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरेको थियो ।

रन सुज अफर ‘साँवाभन्दा ब्याज ठुलो रिलोडेड’

फुटवेयर क्षेत्रमा स्थापित ब्रान्ड रन सुजले दसैँ तिहार लक्षित उपहार योजना ‘साँवाभन्दा ब्याज ठूलो रिलोडेड’ सार्वजनिक गरेको छ । जसअन्तर्गत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत स्क्र्याच गरी आफूले बोक्नसक्ने जति पैसा र २ लाखसम्म प्राप्त गर्न सकिने छ । कम्पनीका अनुसार यस योजनामा ७ वटै प्रदेशबाट ७ जनालाई आफूले बोक्न सके जति रुपैयाँ र स्क्र्याच कार्डमार्फत २ लाखसम्म नगद प्राप्त गर्न सकिने छ ।

साओमीको ‘दसैँ बिथ एमआई’ अफर 

साओमी, ग्लोबल टेक्नोलोजी लिडरले पनि एमआई फ्यानहरूका लागि आकर्षक दसैँ अफर सार्वजनिक गरेको छ । दसैँको शुभ अवसरमा साओमीले प्रयोगकर्ताहरूका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरूले अब साओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३, रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरूको आनन्द लिन सक्नेछन् ।

एमआई फ्यानले १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मूल्यमा रु २००० को फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । यी अफरहरू सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ ।  

‘सीजीसँग उत्साह उमङ्ग, थाइल्यान्ड जाऊँ परिवारसँग’ 

यसपालिको महान् चाडपर्वलाई लक्षित गरी नेपालको नं. १ ब्रान्ड सीजीले ‘सीजीसँग उत्साह उमङ्ग, थाइल्यान्ड जाऊँ परिवारसँग’ नामक स्किम ल्याएको छ । जसमा सीजी ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरू प्राप्त गर्न सकिनेछ । 

प्रत्येक टीभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महा क्यास ब्याक पाउन सकिनेछ । त्यसैगरी लक्की ड्रमार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ ।

एलजीको ‘खुसीको डबल अपग्रेड’ अफर

एलजीले पनि यस वर्षको चाडपर्व लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । ‘खुसीको डबल अपग्रेड’ नाम दिइएको यो योजनामा एलजी ब्रान्डका उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउन्ड सिस्टमको खरिदमा आकर्षक मूल्य साथै पक्का उपहारहरू रहेको छ । 

यो योजनाअन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरूले लक्की ड्रमार्फत एलजीका अनेकौँ इनोभेटिभ प्रोडक्टले अपग्रेड हुने सुवर्ण अवसर प्राप्त गर्न सक्नेछन् ।

गोदरेज “फ्री कपल ट्रिप टु बाली” अफर

गोदरेज अप्लाएन्सले पनि चाडपर्वको अवसरमा ग्राहकहरू माझ “फ्री कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजनाअन्तर्गत गोदरेजका उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले नगद छुटका साथै लक्की ड्रमार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । 

लक्की ड्रमा भाग लिनका लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टइप गरी पठउन सकिन्छ ।

यो योजनाअन्र्तगत रेफ्रिजिरेटर, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्रमार्फत बाली जाने अवसर प्राप्त गर्न सकिन्छ । साथै एसीको खरिदमा फ्री जडान गर्ने कम्पनीले जनाएको छ ।
यस चाड पर्वमा अझ बढी खुसी र उत्सव मनाउनका लागि गोदरेजले “फ्री कपल ट्रिप टु बाली” अफर ल्याएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप