शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ बिदामा पनि बैङ्कका शाखाहरु खुला : कुन बैङ्कको शाखा कति बजेसम्म खुला रहन्छ ?

शुक्रबार, १७ असोज २०७६, १२ : ३२
शुक्रबार, १७ असोज २०७६

दसैँको फूलपातीदेखि सार्वजनिक बिदा हँुदैछ । यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन् । तर बिदाको दिन पनि आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैङ्क तथा वित्तीय संस्थाले बिदाको दिन पनि आफ्ना काउन्टरहरु खुला राख्ने भएका छन् । हामीले वाणिज्य बैङ्कहरु कसको कुन शाखाले कति गते कति बजेसम्म बैंकिङ काउन्टर खुला राख्नेछन् भनेर जानकारी गराउन खोजेका छौँ । प्रायः बैकहरुको शाखा २ घण्टा देखि ४ घण्टासम्म खुला रहनेछन् । 

१. कृषि विकास बैङ्क

कृषि विकास बैङ्कले असोज १९, २० र २२ गते सल्लाहघारी, बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाईघाट, लहान, राजविराज, सिरहा, शिवचोक, बर्दिबास, मलंगवा, जलेश्वर, लगनखेल, पुलतीसडक, चाबहिल, कालिमाटी, घोराही, धनगढी र सुख्खड महेन्द्रनगर शाखा कार्यालय खुला रहनेछन् ।

यस्तै असोज १९ र २२ गते वीरगन्ज शाखा  खुल्ला हुनेछ भने २० गते चितवनस्थित हाकिमचोक शाखा पनि खुला रहनेछ । यसैगरी कर्पोरेट बैंकिङ रामशाहपथ १९ र २० गते खुल्नेछ । 

भक्तपुरको गठ्ठाघर, बालाजु, नयाँबानेश्वर, सातदोवाटो, कलंकी, पोखरा, सिद्धार्थनगर, खस्यौली शाखा भने तिहारको बिदामा मात्र खुल्नेछन् । दशैको विदामा खुल्दैनन् । यी सबै शाखा  ११ बजेदेखि २ बजेसम्म नगद जम्मा र भुक्तानीका लागि खुल्ने बैङ्कले जनाएको छ । 

२. नेपाल बंगलादेश बैङ्क

यो बैङ्कको असोज १८, १९, २० र २२ गते बिजुली बजार, कुमारीपाटी, वीरगंन्जको अलखिया शाखा, विराटनगरको रंगेली रोड, नेपालगन्जको घम्बोजी चोक, जनकपुरको भानुचोक शाखा बिजुली बजार र वीरगंजको अलखिया शाखा १० देखि १२ बजेसम्म खुला रहनेछन् भने ललितपुरको कुमारीपाटी शाखा, विराटनगरको रंगेली शाखा  र नेपालगन्जको घम्बोजी शाखा ११ बजेदेखि १ बजेसम्म खुला हुनेछन् । कमलादीको कर्पोरेट शाखा र जनकपुरको भानुचोक शाखा भने १२ बजेदेखि २ बजेसम्म खुला रहने बैङ्कले जनाएको छ । 

३.सानिमा बैङ्क

सानिमा बैङ्कको प्रधान कार्यालय नक्साल, कुमारीपाटी, न्युरोड, सूर्यविनायक, इटहरी, जनकपुर, दमक, धनगढी, नारायणगढ, नेपालगन्ज, पोखरा, विर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, सुर्खेत, हेटौडा शाखा असोज १९ र २० गते ११ बजेदेखि २ बजेसम्म खुला रहने बैङ्कले जनाएको छ । 

४. प्रभु बैङ्क

उपत्यका भित्रको मूख्य शाखा बबरमहल र कमलादी असोज १८, १९, २० र २२ गते खुला रहने प्रभू बैङ्कले जनाएको छ । यस्तै जावलाखेल, गोंगबुचोक, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर भाटभटेनी, कालिमाटी र बौद्ध शाखा १८, १९ र २० गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

उपत्यका बाहिर जनकपुर, इटहरी, दमक, धरान, सिरहा, पोखरा न्युरोड शाखा १८, १९, २० र २२ गते खुला रहनेछन् भने  इटहरी, नारायणगढ, बुटवल, भैरहवा, नेपालगंज, कलैया, वीरगन्ज, विराटनगर, बाग्लुङ र धनगढी शाखा असोज १८, १९ र २० गते खुला रहनेछन् । यी कार्यालयहरु ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । 

५. एनएमबी बैङ्क

एनएमबी बैङ्कको कान्तिपथ, चिप्लेढुङ्गा पोखरा, विराटनगर मोरङ, फिदिम र बुटवलस्थित ट्राफिक चोक शाखा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

६. सनराइज बैङ्क

गैरीधारा, गावाहल शाखा १८ देखि २२ गतेसम्म १२ देखि २ बजेसम्म खुला रहनेछन् । यस्तै भक्तपुर १८ र १९ गते ११ देखि १ बजेसम्म र न्यूरोड शाखा १९ र २० गते १० देखि १२ बजेसम्म  खुला रहनेछन् । 

सनराज बैङ्कको उपत्यका बाहिर वीरगन्ज शाखा १८, १९, २० र २२ गते १० देखि १२ बजेसम्म खुला रहनेछन् । गाईघाट शाखा १९ र २० गते, गौर शाखा २० गते र विराटनगर, नारायणगढ, धनगढी, महेन्द्रनगर, नेपालगन्ज शाखा १९ र २० गते खुला रहनेछन् । पोखरा शाखा भने १८ र १९ गते खुला रहने बैङ्कले जनाएको छ । 

७. एनआईसी एशिया
एनआईसी एशिया बैङ्कको सामाखुशी, कमलादी, सातदोबाटो, महाराजगन्ज, न्युरोड खिचापोखरी, थापाथली, भक्तपुर र थानकोट शाखा असोज १८ गते खुला रहनेछन् । यस्तै सामाखुशी, कमलादी, पुल्चोक, खिचापोखरी, महाराजगन्ज र थापाथली शाखा १९ गते खुला रहनेछन् ।  

बालाजु, कमलादी, न्युरोड र थापाथली शाखा २० गते खुला रहनेछन् । बालाजु, कमलादी न्युरोड, थापाथली र भक्तपुर शाखा २२ गते खुला रहनेछन् । 

राजधानीबाहिर धनगढी, बुटवल, न्युरोड पोखरा, लेकसाइड पोखरा, हेटौडा शाखा १८ गते खुला रहनेछन् बुटवल, नेपालगंज, न्युरोड पोखरा,कावासोती, विरगंज,  भने लहान, जनकपुर, सिरहा, मलंगवा, चन्द्रनिगहापुर, विराटनगर, इटहरी, दमक र नारायणगढ शाखा १९ गते खुला रहनेछन् ।  

यता धनगढी हस्पिटल लाइन, बुटवल, न्यूरोड पोखरा, दुलेगौडा, लिंकरोड मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने, हेटौडा शाखा २० गते खुल्नेछन् । न्यूरोड पोखरा, बाग्लुङ, बुटवल, नारायणगढ २२ गते खुला रहनेछन् । न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगन्ज अपरान्ह १ बजेदेखि ४ बजेसम्म खुला रहनेछन् भने अन्य शाखाहरु ११ देखि २ बजेसम्म खुला रहनेछ ।

८. मेगा बैङ्क
ओखलढुङ्गा, भोजपुर, विराटनगर देवकोटाचोक, इटहरी, आदर्शनगर वीरगन्ज, कमलादी, ठमेल, जावलाखेल, बौद्ध, महाराजगन्ज, पोखरा सिर्जनाचोक, भैरहवा, बुटवल, न्यूरोड रञ्जना गल्ली र धनगढी शाखा असोज १८ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । न्युरोड रञ्जना गल्ली शाखा भने २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । 

बिर्तामोड, देवकोटाचोक, वीरगन्ज आदर्थनगर, कमलादी, ठमेल, पोखरा सिर्जनाचोक, भैरहवा, बुटवल, नेपालगन्ज र धनगढी शाखा १९, २० र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । कमलादी शाखा भने असोज २१ गते ११ देखि २ बजेसम्म खुला रहनेछ । 

९. सेञ्चुरी कर्मसियल बैङ्क
पोखरा, विराटनगर, बिर्तामोड, जनकपुर र धनगढी शाखा असोज १८ र १९ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । इटहरी र भैरहवा शाखा १९ गते, वीरगन्ज, मलंगवा र राजविराज शाखा १८ गते,  टीकापुर शाखा  १८, १९ र २२ गते खुला रहनेछन् । यता काठमाडौँ उपत्यकाको पुतलीसडक शाखा १८, १९ र २२ गते ११ गतेदेखि २ बजेसम्म, न्युरोड शाखा १८ र १९ गते १ देखि ४ बजेसम्म र मानभवन शाखा १८ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । 

१०. कुमारी बैङ्क


पुतलीसडक शाखा दसैँमा १८ देखि २० गतेसम्म ११ देखि २ बजेसम्म खुला रहनेछ । न्युरोड शाखा १८ र २२ गते २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । कुमारीपाटी १८ गते १० देखि १ बजेसम्म खुला रहनेछ । जगाती शाखा १८ गते ११ देखि २ बजेसम्म खुला रहनेछ । बुटवल शाखा १८ गते ११ देखि २ बजेसम्म खुला रहनेछ । 

११. जनता बैङ्क
वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा र धनगढी शाखा १८ र १९ गते खुला रहनेछन् । काठमाडौँ उपत्यकाभित्र नयाँ बानेश्वर शाखा १८ गते खुला रहनेछ । न्युरोड, महेन्द्रनगर, घोराही शाखा भने १९ गते खुला रहनेछन् । यी सबै शाखा १० देखि १ बजेसम्म खुला रहनेछ । 

१२. बैङ्क अफ काठमाडौँ 
कुमारीपाटी शाखा १८, १९, २०, २१ र २२ गते १ बजेदेखि ३ बजेसम्म खुला रहनेछ भने न्युरोड, जावलाखेल  र भक्तपुर शाखा १८ र १९ गते १० देखि ३ बजेसम्म खुला रहनेछन् । नेपालगन्ज, धनगढी, पोखरा, विराटनगरको नेपाल आयल निगमको काउन्टर, अमलेखगंज र थानकोट आयल निगमको काउन्टर १८ गते १० देखि ३ बजेसम्म खुला रहनेछन् । 

१३. स्ट्याण्डर्ड चार्टड बैङ्क 


नयाँ बानेश्वर शाखा १९ र २२ गते साढे ९ देखि साढे १२ बजेसम्म, लाजिम्पाट शाखा २० र २२ गते साढे ९ देखि साढे १२ बजेसम्म,  ललितपुर शाखा १९ र २० गते ११ देखि २ बजेसम्म, न्युरोड र बुटवल शाखा २० गते ११ देखि २ बजेसम्म, विराटनगर र न्युरोड पोखरा शाखा १९ र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । यस्तै बौद्ध शाखा  र नारायणगढ शाखा १९ गते २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । नेपालगन्ज, वीरगन्ज र धरान शाखा १९ गते ११ देखि २ बजेसम्म खुला रहने बैकले जनाएको छ । 

१४. सिटिजन्स् बैङ्क
दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैसेपाटी, विराटनगर, वीरगन्ज, जनकपुर नारायणगढ, पोखरा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । दरबारमार्ग र कुमारीपाटी शाखा भने २१ गतेपनि खुला रहनेछन् । 

१५. हिमालयन बैङ्क 
ठमेल, पाटन र न्युरोड १८ गते १० देखि १ बजेसम्म खुला रहनेछन् भने न्युरोड र महाराजगन्ज शाखा ११ देखि २ बजेसम्म १८ गते खुला रहनेछन् । १९ गते ठमेल र पाटन शाखा १० देखि १ बजेसम्म खुला रहनेछन् । महारागन्ज र न्युरोड शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् । २२ गते ठमेल र पाटन शाखा १० देखि १ बजेसम्म र न्युरोड शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

१६. नबिल बैङ्क
महाराजगन्ज, बालाजु, त्रिपुरेश्वर, न्युरोड, हेटौडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, विराटनगर असोज १८ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । तीनधारा शाखा टीकाको दिनबाहेक सम्पूर्ण बिदाको दिन खुला रहनेछ । यी शाखा टीकाको दिन ११ देखि १ बजेसम्म खुला रहन्छन् भने अरु दिन १० बजेदेखि १ बजेसम्म खुला रहन्छन् । ललितपुर शाखा पनि टीकाको दिनबाहेक सम्पूर्ण बिदाको दिन बैङ्क खुला रहनेछ । 

१७. माछापुच्छ्रे बैङ्क
असोज १८ गते बुटवल शाखा ९ देखि १२ बजेसम्म खुला रहनेछ । बनेपा, दमौली, महेन्द्रनगर, लाजिम्पाट र नेपालगन्ज शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् ।  १९ गते भैरहवा र पुतलीसडक शाखा ९ देखि १२ बजेसम्म खुला रहनेछन् भने विराटनगर साढे ९ देखि साढे १२ बजेसम्म खुला रहनेछ । 

न्युरोड, राजविराज १० देखि १ बजेसम्म, बगर, भक्तपुर, बनेपा, वीरगन्ज, विर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड, महेन्द्रपुल ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । 

असोज २० गते पाटन शाखा ९ देखि १२ बजेसम्म र बर्दिबास, वीरगन्ज, दमौली, मिर्चैया र इटहरी शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

असोज २२ गते न्युरोड १० देखि १ बजेसम्म खुला रहनेछ भने महेन्द्रपुल नेपालगन्ज ११ देखि २ बजेसम्म खुला रहनेछ । 

१८. ग्लोबल आईएमई बैङ्क 
असोज १८, १९, २० र २२ गते कान्तिपथ शाखा १० देखि १ बजेसम्म खुला रहनेछ । टीकाको दिनमा भने १ देखि ४ बजेसम्म खुला रहनेछ । न्युरोड १८, १९ र २० गते १ देखि ४ बजेसम्म र लगनखेल १८ र १९ गते १० देखि १ बजेसम्म खुला रहनेछन् भने १८ र १९ गते चाबहिल शाखा १ देखि ४ बजेसम्म खुला रहनेछ । 

बुटवल रामकमन्दिरलाइन, बाग्लुङ, नारायणगढ, न्युरोड पोखरा शाखा, १८ र १९ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । विराटनगर र वीरगन्ज शाखा भने १८, १९ र २२ गते १० बजेदेखि १ बजेसम्म खुला रहनेछन् । 

१९. नेपाल इन्भेष्टमेन्ट बैङ्क 
दरबारमार्ग शाखा असोज १८, १९, २०, २१ र २२ गते ९ देखि १२ बजेसम्म खुला रहनेछ । पुल्चोक १८, १९, २० र २१ गते १२ देखि ३ बजेसम्म खुला रहनेछ । 

यसैगरी भिसाखेल दरबारमार्गको शाखा १९ र २२  गते ९ देखि १२ बजेसम्म खुला रहनेछ । न्युरोड, पुतलीसडक, ठमेल, कालीमाटी शाखा १८, १९ र २२ गते १२ देखि ३ बजेसम्म खुला रहनेछ । नयाँ बानेश्वर, बतिसपुतली, गोगंबु शाखा १८, १९ र २२ गते १ बजेदेखि ४ बजेसम्म खुला रहनेछ । बौद्ध शाखा ९ देखि १२ बजेसम्म खुला रहनेछ । बतिसपुतली र धुम्बाराही असोज १८, १९ र २२ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । सिपाडोल शाखा साढे १० देखि साढे १ बजेसम्म असोज १८, १९ र २१ गते खुला रहनेछ । कीर्तिपुर शाखा ११ देखि १ बजेसम्म खुला रहनेछ । 

उपत्यका बाहिर भने वीरगन्ज, भैरहवा, बुटबल, विराटनगर, पोखरा, जनकपुर १८ र १९ गते १० देखि १ बजेसम्म खुला रहनेछ । पोखरा लेकसाइड शाखा भने २२ गते १० देखि १ बजेसम्म खुला रहनेछ । यता नारायणगढ, नेपालगन्ज र धनगढी शाखा १८ गते १० देख ि१ बजेसम्म खुला रहने बैङ्कले जनाएको छ । 

२०.एनसीसी बैङ्क
न्यूरोड र टेकु असोज १८, १९, २० र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप