शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीद्वारा शपथ

शुक्रबार, १७ असोज २०७६, १३ : ०६
शुक्रबार, १७ असोज २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेषःसमारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सो अवसरमा सभापतिको आसनबाट बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरुमध्ये योग्यतम व्यक्तिलाई बैकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको वताउंदै यस कार्यमा नेपाल सरकार, बैकभित्रका कर्मचारी युनियन र सम्वद्ध सरोकारवालाबाट प्राप्त सहयोगको हार्दिक सराहना गर्नुभयो । 

सो अवसरमा बैंकका संचालक दीपेन्द्र विक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको बताउंदै उनको कार्यकाल सबै सरोकारवालामा बैक होस् त नेपाल बैंकजस्तै अर्थात बैक भनेकै नेपाल बैक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे ।

सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालकै अगुवा बैंकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही सबैको विश्वासको धरोहरको रुपमा रहेको नेपाल बैंकको श्रीवृध्दिका लागि नैतिकतापूर्ण एवं व्यवसायिक बैंकिङ्ग अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिवध्दता प्रकट गरे । 

बैकको प्रधान कार्यालयमा संचालक समितिका सदस्यहरु सर्वश्री हरिशरण पुडासैनी, गंगा प्रसाद ज्ञवाली, बैकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु, मुख्य प्रवन्धकहरु लगायत वरिष्ठ अधिकारीहरुको सहभागितामा बैकका कम्पनी सचिव केशव भण्डारीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैक का सहायक प्रमुख कार्यकारी अधिकृत समता पन्त, नेपाल बैक कर्मचारी युनियनका महासचिव राजुराम मुनकर्मीले नवनियुक्त कार्यकारीलाई हार्दिक वधाई तथा शुभकामना सहित बैक विकासका सबै पहलमा सहयोग र साथको प्रतिवद्धता प्रकट गरे । 

वि.सं. २०२७ मा लमजुङ वेसीसहरको भकुण्डेमा माता शिरमाया अधिकारी र पिता स्व. चन्द्र बहादुरका ज्येष्ठ सुपुत्रको रुपमा जन्मिएका अधिकारीले त्रिविविबाट एमविए र पुर्वाञ्चल विश्वविद्यालयबाट ईएमविएको शैक्षिक योग्यता हासिल गरेका छन् । 

नेपाल बैंकमा वि.सं २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव संगाली विगत ६ महिना यता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई असोज ११ को बैंक संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो । यस पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप