शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दसैँ विदामा नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य सेवा २४ सै घण्टा खुल्ला रहने (भिडियो सहित)

शुक्रबार, १७ असोज २०७६, १४ : १८
शुक्रबार, १७ असोज २०७६

ललितपुर– नेपालीहरुको महान चाड विजय दशमीको विदाको समयमा पनि नेपाल मेडिसिटी अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ ।

पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४सैं घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ । 

विशेषगरी अस्पतालको आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४सैं घण्टा खुल्ला रहने छ । त्यसैगरी, दिउँसोको ओपीडी सेवा पनि सुचारु रहने भएकोले विरामीहरुलाई विदाको समयमा पनि सहज उपचार सेवा प्राप्त हुने अस्पतालले जनाएको छ ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले नेपालीहरुको महान चाड मनाउने क्रममा कुनै प्रकारको स्वास्थ्य सेवाको आवश्यक परेमा नेपाल मेडिसिटीको हटलाईन ११३४ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले अस्पतालले आफ्ना विरामीको स्वास्थ्य सेवाका लागि तयार रहेको पनि बताएका छन् ।

विदाको समयमा विशेषगरी विरामीहरुको स्वास्थ्य आवश्यकतालाई मनन् गर्दै आकस्मिक उपचार सेवामा पर्याप्त चिकित्सकहरुको ब्यवस्था गरिएको इमरर्जेन्सी विभागका प्रमुख डा. संजय कार्कीले बताए ।

चाडबाडको बेलामा प्रि हस्पिटल केयर अन्तगर्त एम्बुलेन्स र देशका कुनै पनि स्थानहरुबाट हेली एम्बुलेन्स सेवाको आवश्यकता परेमा पनि आफूहरु तयारी अवस्थामा रहेको उनले जानकारी गराए ।

नेपालको उत्कृष्ट क्रिटिकल केयर सेवा प्रदान गरिरहेको यस अस्पतालले विरामीहरुको रोगको सघनतालाई हृदयंगम गर्दै आईसीयु, सीसीयु र एनआईसीयु सेवालाई पनि चुस्तदुरुस्त राखिने क्रिटिकल केयर विभागका डा. दिप्तेश अर्यालले बताए ।

त्यसैगरी अस्पतालले सबै प्रकारको शल्यक्रियाका लागि पनि शल्यचिकित्सकहरुलाई चाडबाडको समयमा आकस्मिक रुपमा तयार रहन निर्देशन दिएको छ । 

नेपालीहरुको महान चाड मनाउने क्रममा कुनै प्रकारको स्वास्थ्य सेवाको आवश्यक परेमा नेपाल मेडिसिटीको हटलाईन ११३४ मा सम्पर्क गर्न समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप