मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टुबोर्ग ओपन सिजन २ को लागि मनोज र रोहित एक साथ

शुक्रबार, १७ असोज २०७६, १४ : ५४
शुक्रबार, १७ असोज २०७६

काठमाडौं– लोकप्रिय संगीतकारहरु रोहित शाक्य र मनोज कुमार के.सी. संगीत कम्पोजरहरुको रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि एक साथ भएका छन् । 

२६ वटा नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन् । प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दाबाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग रोहित शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने, मनोज के.सी.ले मोक्तान परिवार र सन्जय श्रेष्ठसँग काम गर्नेछन् । 

उनीहरु दुवैले एउटा मुख्य कोल्याबोरेटिभ गीतमा विभिन्न कलाकारहरुसँग सांगीतिक सहकार्य गर्नेछन् । मनोज के.सी. भन्छन्,“टुबोर्ग ओपन सेसन्स् सिजन १ निकै सफलतापुर्वक राम्रो र रमाईलो रह्यो । पहिलो सिजनमा मेरो धेरै कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो । यस सिजनमा मेरो धेरै गीतहरुमा काम गर्ने समय पनि मिलेको छ, पहिले भन्दा अझ राम्रो हुने आशा राख्दछु ।”

यस वर्ष संलग्न रहेका गायक रोहित शाक्य भन्छन् ,“टुबोर्ग ओपन सेसन्स् सिजन २ मा गर्नु मेरो लागि एउटा नयाँ अनुभव हो । साच्चँै, म सुट अघि एकैपटक उत्सुक र अलि चिन्तित थिए । कामहरु मैले सोचेको भन्दा पनि राम्रो भएको छ । हामीले केहि ज्याज, मधुर र पुर्वीय शैलीमा सहकार्यहरु गरेका छौ र यी सहकार्यहरुले टुबोर्ग ओपन सेसन्स्को सारलाई राम्रो न्याय गरेको छ भन्ने लागेको छ । टुबोर्ग, आरबिट्ररी र विभिन्न कलाकारहरु बिचकोे यो ठुलो सहकार्य रहेको छ ।”

टुबोर्ग ओपन सेसन्स् सिजन २, यी प्रतिभाशाली कलाकारहरुको सहकार्य मार्फत विभिन्न सांगितिक शैलीहरु मिलाई सांगितिक विधाहरुको सिमा तोड्दै अद्वितीय विधाको प्रस्तुती पेश गर्नेबारे रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप