मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले यसरी मनायो आफ्नो १९औँ वार्षिकोत्सव

शुक्रबार, १७ असोज २०७६, १५ : ०८
शुक्रबार, १७ असोज २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ । केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेर वार्षिकोत्सव मनाएका छन् ।  त्यसैगरी, बैंकको अन्य सम्पूर्ण शाखा कार्यालयमा सम्बन्धित शाखा प्रमुखहरुले केक काटेका थिए । 

सन् २००० मा पोखरामा संस्थापित माछापुच्छ्रे बैंकले असोज महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाईरहेको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष १९औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ । 

बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ ।  यसवर्षपनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरीरहेको छ ।  

बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरीरहेको छ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ । योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ । 

बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नेछन् ।

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप