बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैंमा पोखरा : घुम्नुहोस् पर्वतीय संग्रहालय (तस्बिरसहित)

शनिबार, १८ असोज २०७६, १३ : १८
शनिबार, १८ असोज २०७६

पोखरा । दसैंमा स–परिवार एकै ठाउँमा जम्मा भएर मात्रै होइन । नयाँ नयाँ ठाउँ घुमेर मनाउने चलन पनि बढ्दो छ, आजकाल । 

घुम्ने ठाउँमा पनि अझ बढी रोजाइमा पर्ने ठाउँ हो पोखरा । स्वदेशी पर्यटकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पर्छ, पोखरा । 

पोखराका घुम्ने थुप्रै ठाउँमध्येमा पर्वतीय संग्रहालय तपाईंको रोजाइको गन्तव्य बन्न सक्छ । पोखरा बसपार्कबाट करिब १ किलोमिटर दक्षिण पश्चिममा पर्ने संग्रहालयमा विश्वका अग्ला शिखरबारे थुप्रो कुरा जान्न पाइन्छ ।

हिमाल आरोहण, आरोहणका इतिहास, हिमाली जनजीवन र जलवायु परिवर्तनबारे जानकारी यस संग्रहालयबाट लिन सकिन्छ । 

संग्रहालयकी गाइड सरिता कँडेलले संग्रहालयमा धेरै कुराको जानकारी लिन पाइने बताइन् ।  स्थापनाकालदेखि नै संग्रहालयको गाइडको रुपमा काम गर्दै आएकी सरिताले संग्रहालयमा विश्वका अग्ला हिमशृंखलादेखि यस्को अवस्थिति र हिमाली जनजीवनका धेरै कुरा जान्न पाइने बताइन् ।  

संग्रहालयमा ३ वटा मुख्य प्रर्दशनी हल छ । संग्रहालयबारे उनले सविस्तार जानकारी दिइन, पहिलो हलमा हिमाली संस्कृति, जातजाति, लगाउँने कपडा, गर गहना, भाँडाकुँडाहरु राखिएका छन् । यसमा नेपाल बाहेकका हिमाली भेगका संस्कृति र जातजाति, भेषभुषालाई पनि समेटिएको छ । ताइवान, सुल्भिनिया, जापान लगायतका देशको हिमाली भेगको जनजीवन यो हलमा छुट्याइएको छ । 

दोस्रो हलमा हिमालसंग सम्बन्धित छ । यो हलमा ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल उचाइको आधारमा जानकारी राखिएको छ । 

तेस्रो हलमा हिमाल आरोहण र यसका गतिविधि, आरोहण गर्दा प्रयोग गरिने सामानको बारेमा जानकारी पाइन्छ । 

संग्रहालयमा अर्को अस्थायी प्रदर्शनी कक्ष पनि छ भने संग्रहालय भित्रै एउटा कुनामा गुम्बा पनि छ । हिमालसँग सम्बन्धित संग्रहालय भएकाले गुम्बा पनि संग्रहालयमा बनाइएको उनले जानकारी दिइन् । 

संग्रहालय वर्षैभरि अर्थात ३ सय ६५ दिन नै खुला रहन्छ । वि.स. ०६० माघबाट सञ्चालनमा संग्राहलय १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप