बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बृद्ध महिलाको भूमिका गरेको भन्दै आलोचना, तापसीले भनिन्, ‘त्यसो भए म अभिनय छाडिदिन्छु’

शनिबार, १८ असोज २०७६, १३ : ३२
शनिबार, १८ असोज २०७६

एजेन्सी । तापसी पन्नु र भूमि पेडणेकर आगामी चलचित्र ‘साँड की आँख’ मा बृद्ध महिला शुटर प्रकाशी र चन्द्रो तोमरको भूमिकामा देखिदैछन् । तर, यसलाई लिएर दुवै अभिनेत्रीको आलोचना भइरहेको छ ।

बलिउडका भेटरान अभिनेत्री सोनी राजदान र नीना गुप्ताले हालै मात्र एक बयानमा तापसी र भूमिलाई आफ्नो उमेरको दिल्लीका युवतीहरुको भुमिका गर्न सुझाव दिएका थिए । यसलाई लिएर तापसीले पनि प्रतिक्रिया जनाएकी छिन् ।

म अभिनय छाडिदिन्छु : तापसी

तापसीले मिडियासँगको एक कुराकानीमा भनिन्, ‘एक काम गर्छु, म अभिनय नै छाडिदिन्छ् र मात्र दिल्लीमा बस्ने र आफ्नो उमेरका युवतीहरुको भूमिका खेल्छु ।’

उनले भनिन्, ‘हामी कलाकार हौँ... के अब हामीले अभिनय नै छाड्ने हो ? अभिनेत्री भएको कारणले कहिलेकाहिँ विभिन्न उमेरको भूमिका पनि खेल्छु । मलाई थाहा छ यो देखाउन सजिलो थिएन किनभने ती महिलाले ६० वर्षको उमेरमा बन्दुक उठाएका थिए र आधा चलचित्र उनीहरुको वर्तमान उमेरको बारेमा छ ।’

एक अनलाइनसँग कुरा गर्दै सोनी राजदानले भनेकी थिइन्, ‘म दुवै अभिनेत्रीहरुलाई निकै मनपराउँछु । तर मलाई लाग्छ ६० वर्षका मानिसहरुमाथि चलचित्र बनाइन्छ भने किन त्यही उमेरका कलाकारहरुलाई खेलाइँदैन ? मलाई लाग्छ यो केवल बक्स अफिसको लागि गरिँदैछ ।’

उता निना गुप्ताले भनेकी थिइन्, ‘यो व्यवसाय हो । चलचित्रको लागि सही व्यक्तिलाई लिइन्छ । मलाई लाग्छ हामीजस्ता बृद्ध नायिकाहरु बिक्दैन थियौँ होला ।’ यसअघि उनले ट्वीट गर्दै ‘हाम्रो उमेरको रोलको लागि त कम से कम हामीलाई लेऊ’ भनेकी थिइन् ।

यसबारे तापसीले आलोचनाले आफूलाई कुनै असर नपर्ने बताएकी छिन् । उनले भनिन्, ‘बृद्ध महिलाको भूमिकाका लागि भइरहेको आलोचनाबाट म खुसी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप