बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भर्‍याङबाट ठेलेर भक्तपुरमा आफ्नै भाइको हत्या

छोरले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु
शनिबार, १८ असोज २०७६, १६ : ३४
शनिबार, १८ असोज २०७६

भक्तपुर   । आफ्नै भाईको भर्‍याङबाट धकेलेर  हत्या गरेको अभियोगमा एक व्यक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका–२ घर भएका खिला अछामी रहेका छन् । अछामीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

खिलाले भर्‍याङबाट धकेल्दा लडेर ४० वर्षीय नेत्र बहादुर अछामी गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीले खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यता, आफ्नै छोराले धारिलो हतियार पिक प्रहार गर्दा नमोबुद्ध नगरपालिका–२ सल्लेनी बस्ने ४३ वर्षीय टेकबहादुर तामाङको शुक्रबार राति मृत्यु भएको छ ।

उनकै छोरा विजय तामाङले पिक प्रहार गर्दा गम्भीर घाइते भएका टेकबहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अभियुक्त विजयलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप