शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन दिनमा पचास तालिबान लडाकू मारिए

शनिबार, १८ असोज २०७६, १८ : २९
शनिबार, १८ असोज २०७६

एजेन्सी – आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन् । 

 गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार बताउनु भएको छ । 

 ‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुृकान शहरलाई कुनै खतरा छैन’ हजारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

तालिबान आतङ्ककारीहरूले १० दिन अगाडि एउटा आश्चर्यजनक रुपमा बहाराक जिल्लाका प्रमुख भागहरू कब्जा गर्नुलगायत तखारको प्रान्तीय राजधानी तालुकान शहरलाई कब्जा गर्न खोजिरहेका थिए ।

यद्यपि सरकारी सेनाले गएको तीन दिनमा गरेको कारबाहीको क्रममा ५० सशस्त्र लडाकू मारिनुको साथै ३७ भन्दा बढी घाइते भएको हजारीले बताए । 

जारी यस काराबाहीको कारण छिमेकीमा पर्ने खवाजा घर जिल्लामा रहेका तालिबान लडाकू भाग्न बाध्य भएका  हजारीले बताए । 

यस आतङ्कवाद विरोधी अभियानको क्रममा तीन सुरक्षाकर्मी मारिनुको साथै अन्य छ घाइते भएका हजारीको दाबी छ ।

हजारीका अनुसार सरकारी सुरक्षा बलले अब छिटै खवाजा घर जिल्लामा आतङ्ककारीविरुद्ध अभियान सुरु गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप