शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोटनह्याम : अर्को लज्जास्पद हार, अर्को रेकर्ड

आइतबार, १९ असोज २०७६, ११ : १२
आइतबार, १९ असोज २०७६

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटन एण्ड होभ एल्बियनसँग ३–० को लज्जास्पद हार बेहोर्ने क्रममा टोटनह्यामले फेरि अर्को रेकर्ड बनाएको छ ।

ब्राइटनलाई जीत दिलाउन एरोन कोनोलीले दुई तथा निल माउपेले एक गोल गरे ।

यो पराजयसँगै स्पर्स सन् २०१९ मा शीर्ष लिगमा सबैभन्दा बढी हार बेहोर्ने टोली बनेको हो ।

चार दिनअघि मात्र च्याम्पियन्स लिगमा स्पर्स आफ्नो घरेलु मैदानमा ७–२ को शर्मनाक हार बेहोरेको थियो । क्लबको १३७ वर्ष लामो इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको पराजय थियो ।

अहिले प्रियिमर लिगमा स्पर्स आठौँ स्थानमा रहेको छ भने शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १३ अंकले पछि परेको छ ।

घरेलु मैदानबाहिर स्पर्सले जित निकाल्न नसकेको ९ महिना भइसकेको छ ।

सन् २०१९ मा मात्र सबै प्रतियोगितामा १७ खेल हारिसकेको छ ।

टोटनह्यामको खराब फर्मका कारण म्यानेजर माउरिसियो पोचेटिन्होलाई बर्खास्त गर्ने चर्चा समेत चल्न थालेको छ । तर, पोचेटिन्होले आफू यस कुराबाट चिन्तित नरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप