शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व सम्मेलनका लागि नाम दर्ता सुरु

आइतबार, १९ असोज २०७६, १२ : २४
आइतबार, १९ असोज २०७६

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता खुला भएको छ ।

विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरु तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुले आफ्नो नाम दर्ता गरेकाे संघले जनाएकाे छ ।  

सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीहरु काठमाडौं आउने अनुमान गरिएको छ ।  अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु तथा सदस्यहरुको सम्मेलनमा भागलिनको लागि आउने क्रम जारी रहेको छ । संघको विश्व सम्मेलन अक्टोबर १५ देखि १७ सम्म काठमाडौँमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप