बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनसान काठमाडौँ

आइतबार, १९ असोज २०७६, १८ : ११
आइतबार, १९ असोज २०७६

दसैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।

अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आइतबार रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् ।   सवारी कम भएकाले शनिबार दिउँसो पनि कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए । 

कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा केही भीडभाड रहे पनि अन्य ठाउँ भने सुनसान रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप