शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विनोद र करन चम्किएपछि हङकङ पराजित

आइतबार, १९ असोज २०७६, १९ : १९
आइतबार, १९ असोज २०७६

काठमाडौं – ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको भेटाएको हो ।  

मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि नेपाले जित हात पारेको हो ।  भण्डारीले चार चौका र तीन छक्काको मदतमा  ४८ बलमा नटआउट ५४ रन जोडे । आरिफ शेखले २४  र सोमपाल कामीले १३ रन जोडे । तर नेपालको सुरुवात भने कमजोर रह्यो ।

नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए  भने पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए  ।  बलिङतर्फ हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २–२ विकेट लिए ।

 यस्तै  बलिङतर्फ नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे । यस्त्ै अविनास बोहराले १ विकेट लिएका थिए । नेपालले अर्को खेल भोलि नेदरल्याण्डसँग खेल्नेछ । 

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप