शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई दसैँको टीका

मङ्गलबार, २१ असोज २०७६, १५ : १०
मङ्गलबार, २१ असोज २०७६

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाइदिएकी हुन् । 
त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाइ दिएकी छिन् । 

उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दसैँको टीका लगाइ दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शप्तल निवासमा सर्वसाधारणलाई पनि टीका लगाइरहेकी छिन् । 

यस अघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट दसैँको टीका ग्रहण गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप