शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विर र भिडियोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको दसैँ

मङ्गलबार, २१ असोज २०७६, १५ : ५४
मङ्गलबार, २१ असोज २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातमा टीका लगाएका छन् ।

टीकाको शुभसाइत बिहान १०ः३५ मा रहे पनि झापामा रहेका बुवा मोहप्रसादको विमानको उडान ढिला भएपछि प्रधानमन्त्रीले शुभसाइतमा टीका लगाउन भने पाएनन् ।

बुवा आउन ढिला भएपछि प्रधानमन्त्री आलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीबाट टीका ग्रहण गरेका थिए ।


बुवा काठमाडौँ आएपछि प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री ओलीले टीका लगाएका थिए ।

बुवा मोहनप्रसादले प्रधानमन्त्रीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए ।

बुवाको हातबाट टीका लगाएपछि प्रधानमन्त्रीले पत्नी शाक्यलाई टीका लगाए ।

त्यसपछि प्रधानमन्त्रीले पर्यटनमन्त्री योगेश भट्टराई, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य मन्त्रीहरु, प्रधानमन्त्री कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई टीका लगाइदिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप