केन्द्रीय संस्करण
दसैँ विशेष

‘होश गुमाउनुको मजामा रमाउँदा होशमा आउनुको मजा गुम्यो’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग दसैँ वार्ता

person explore access_timeअसोज २२, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुन् कल्याण श्रेष्ठ । आध्यात्मिक चेत भएका श्रेष्ठ दसैँबारे धेरै पक्षमा सुक्ष्म रुपमा अध्ययन गर्न सकिने भएपनि त्यसतर्फै ध्यान दिन नसकेको बताउँछन् । दसैँ भड्किलो बन्दै गएको प्रति समेत असन्तुष्ट देखिएका श्रेष्ठ दसैँप्रतिको श्रद्धा नै हराउँदै गएको बताउँछन् ।  उनै श्रेष्ठसँग दसैँ संस्कृति, यसको महत्वलगायत विविध विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

०००

दसैँ राष्ट्रिय पर्व हो । यो पर्वमा जति उल्लास हुन्छ, अन्य पर्वमा राष्ट्रिय रुपमा त्यति उल्लास देखिँदैन । खास–खास समुदायको आ–आफ्नो पर्व विशेष त होला तर राष्ट्रिय रुपमा उल्लासमय वातावरणका साथ मनाइने पर्व भनेको दसंँ नै हो । यो मौसम पनि अति उत्कृष्ट छ ।

यो मौसमका बारेमा ‘दसैँ आयो’ भनेर लेखनाथ पौडेलले कति राम्रो वर्णन गरेका छन् । तर, दसैँलाई अलि सिर्जनात्मक र उत्पादनशील ढंगले मनाएको भए लाभहरु बढी हुन्थ्यो ।

सानो सलाईको काँटीमा ठूलो अग्नी दहनको क्षमताको सम्भावना हुन्छ । हामी सबै नेपालीसँग त्यो सम्भावना छ । यसलाई ओस आउन दिनुभएन । ओस भनेको अज्ञानता, मुर्खता, अहंकार र स्वार्थ हो । दसैँ माध्यबाट ओस लाग्ने कुरा हटाउन ध्यान दिनुपथ्र्यो । देवीले रक्षाको कवज ग्रहण गरेर हाम्रो जीवनका महत्त्वलाई बुझ्ने यसको दार्शनिक कुरा छ ।

देवी दुर्गाले राक्षस वर्गमाथि विजय गरेको भन्ने सहज रुपमा बुझियो । दर्शन त्यति मात्र होइन कि जीवनका सम्पूर्ण कुरामाथि सुक्ष्म रुपमा अध्ययन गर्न सकिन्छ । तर दसैँलाई त्यतातिर लिन सकिरहेका छैनौँ ।

बरु भड्किलो रुपमा मनाउन तिर लागेको महसुस भइरहेको छ । मान्छेले होश गुमानुको मजामा होशमा आउनुको मजा गुमाएका छन् । होशमा रहेर सिर्जनाको आनन्द लिने भन्दा पनि मान्छे सबै थकान मेटाउने बाहनामा बेहोसीमा रमाए । यो चरम उपभोगतावाद प्रयोग भयो ।

म पनि मदिरा पिउँछु । तर, यसको दुरुपयोग गर्दिनँ । खाने कुराहरुमा अन्य नेपालीले के खान्छन्, जसरी दसैँ मनाउँछन् मेरो पनि त्यस्तै हो । यस्तै पूजाआजाको कुरा गर्दा गर्दै नगर्ने भन्ने होइन । तर नियमध्यान जस्तो होइन । वर्षमा पाठ पढ्ने गर्ने भनेको यही नवरात्रिमा मात्र हो । दसैँमा औपचारिक कार्यक्रम पर्यो भने त्यहाँ जान्छु । त्यसबाहेक कही पनि जान्नँ । तास खेल्ने कुरा पनि मैले गर्दिनँ ।

तर यहाँ सम्पूर्ण बचतको अपव्यायी भयो, शरीरमाथिको जोखिम बढायो र विवेवशील व्यक्तिले गर्ने खर्चको कुनै अर्थ रहेन । यस्तो अपव्यायी संस्कार हुर्काएर अर्थतन्त्रलाई के योगदान दिन सकौँला ? यद्यपि खानपिनले मान्छेलाई सामाजिकतासँग जोडेको छ । तर यसलाई चिन्तनशीतातर्फ हुर्काउन पाएको भए राम्रो हुन्थ्यो । दसैँ मनाउने तरिकाका सुधार्ने प्रसस्त ठाउँहरु छन् ।

नेपालीमा देखासेखी बढ्दो छ । ऋण लिएर पनि दसैँ त मनाउँनै पर्यो भन्ने मान्यता छ । दसैँमा कही कतै पनि कसैको गरिबी झल्किनु भएन, दसैँमा गरिबी लुकाएर सम्पन्नताको अभिनय गर्ने काम पनि हुन्छ वा आफैलाई बिर्सिने माहोल खोजेर बसेको हुँदा रहेछन् । त्यो पनि होसमा होइन बेहोसमा बिर्सिने काम भइरहेको छ । हाम्रो मनमा पवित्रता छ तर हाम्रो व्यवहारमा त्यस्तो सफाइ र पवित्रता देखिँदैन । हामीले परम्पराका नाममा अन्धधुन्ध अनुशरण गरेको पूजाको तरिका, खाने तरिका, खर्च गर्ने तरिका फजुल छन् । केही कुरा त स्वागतयोग्य पनि छैन । एउटा शाकाहरी मान्छे ढोगिरहेको हुन्छ, अर्को रगतको आहाल बगाइरहेको हुन्छ । त्यसैले हाम्रो दसंैँ मनाउने तरिकामा परिमार्जन साह्रै जरुरी छ ।

बाल्यकालको दसैँ

म काठमाडौँमा हुर्केको होइन । बाग्लुङमा जन्मेको हुँ । ममाथि बाल्यकालमा बाग्लुङमा मनाइने दसैको संस्कारको प्रभाव छ । काठमाडौंले मलाई कम प्रभाव पारेको छ । काठमाडौंमा आउँदा म १३ वर्षको थिएँ । मैले ५, ६ वर्षको हुँदादेखि नै दसैँ सम्झेको छु । त्यतिबेला हामी नवरात्रिभरी राति २,३ बजे सबै साथीहरुलाई उठाएर कालीकण्डकीमा जाने गथ्र्यौँ ।

*****

समग्रमा भन्ने हो भने दसैँप्रतिको श्रद्धा हराउँदै गएको पाइन्छ । दसैँप्रतिको श्रद्धा हराउँदा मानवीय सम्बन्ध पातलो हुँदै गएको देखिन्छ । यसबाट समाजिकीकरण पक्ष निकै पातलो बनाएको छ । त्यसको छाया हाम्रो घरपरिवारमा पनि देखिन थालेको छ । जुट्नु पर्ने बेला पनि मान्छे छुट्ने प्रवृत्ति देखा परेको छ । प्रवृत्ति हुर्किँदै गयो भने दसैँ नमनाएपनि हुन्छ भन्ने संस्कार विकसित होला जस्तो छ ।

*****

त्यहाँ स्नान गरेर  जल लिएर फर्किने गथ्र्यौँ । त्यतिपछि भगवती कालिकाको  दर्शन गर्ने गर्दैथ्र्यौँ ।  विहान ६ बजे घर आइसक्थ्र्यौँ । एक्लो दुक्लो त्यहाँ जान सकिँदैन थियो, हुल भएर जाने गर्दैथ्र्यौँ ।

किनेभने वरिपरी जंगल छ, आजजस्तो बाक्लो बस्ती पनि थिएन । त्यहाँ नवरात्रिभरी नै दमाहा जस्तो बाजा बजाउथे । अनि दसैँमा नयाँ लुगा लाउने गरिन्थ्यो । वर्षको एक नयाँ पटक लुगा लाउन पाइने । जसका लागि पनि टेलर कहाँ छिटो सिलाइ दिनु पर्यो भनेर धाउने काम पनि हुन्थ्यो । सामान्य परिवारमा हुर्किएको मलाई त्यो लुगासँग कत्रो खुसी मिल्थ्यो ।

काठमाडौंमा यति मन्दिर छन् । तर म मेरो ठाउँको तुलनामा यहाँ त्यस्तो पूजा देख्दिनँ । कालरात्रिको दिनमा नेवारहरुको वर्षभरीको ठूलो भोज हुन्छ ।

त्यो भोज खाएपछि बाग्लुङमा हातमा उज्यालो लिएर बजारभरी घुमेर कालिका भगवती मन्दिरसम्म पुगिन्थ्यो । राति जङ्गलनै उज्यालो पारेको त्यो दृष्य, त्यो उत्साह, उन्माद यहाँ देख्न सकिरहेको छैन । यस्तै अष्टमीका दिन बली दिने कुराले पनि साह्रै उत्साहित बनाउँथ्यो ।

त्यसमा पनि राँगोको बली दिँदा छुट्टै उत्साह हुन्थ्यो । त्यसपछि टीका लगाउने कुरा हुन्थ्यो । तर हाम्रो खलक ठूलो थिएन । अर्को कुरा केटाहरुलाई दक्षिण दिँदैन थिए । त्यसैले पनि मलाई दक्षिणको लोभ भएन । आफन्तकहाँ गएर टीका लगाइन्थ्यो । त्यसले आफू भन्दा अग्रजलाई सम्मान गर्ने र अग्रजले आफूभन्दा अनुजलाई आशीर्वाद दिने भन्ने कुरा हुन्थ्यो । यो सानालाई माया र ठूलालाई सम्मान भन्ने कुराको प्रयोगात्मक अभ्यास पनि हो । दसैँले छरिएर रहेका परिवारका सदस्यलाई एक ठाउँमा ल्याउने काम गथ्र्यो । जस्तो सुकै अवस्थामा पनि घर जाने गरिन्थ्यो । मेरो दसैँ अहिलेसम्म प्रेमपूर्वक नै मनाइएको छ ।

आमा–बुबा मसँग हुनुहुने भएकाले मेरो घर नै मुलघर भएको छ । दसैँ मनाउने विधिमा अहिलेसम्म कुनै कमी गरेको छैन । तर उत्साहमा भने कमी आएको छ । दसैँलाई महत्व कम दिँदै आएको महसुस हुने गरेको छ ।

समग्रमा भन्ने हो भने दसैँप्रतिको श्रद्धा हराउँदै गएको पाइन्छ । दसैँप्रतिको श्रद्धा हराउँदा मानवीय सम्बन्ध पातलो हुँदै गएको देखिन्छ । यसबाट समाजिकीकरण पक्ष निकै पातलो बनाएको छ । त्यसको छाया हाम्रो घरपरिवारमा पनि देखिन थालेको छ । जुट्नु पर्ने बेला पनि मान्छे छुट्ने प्रवृत्ति देखा परेको छ । प्रवृत्ति हुर्किँदै गयो भने दसैँ नमनाएपनि हुन्छ भन्ने संस्कार विकसित होला जस्तो छ ।

दसैँमा सुधारको खाचो

दसैँ हरेक साल आउँछ । हिजोको जस्तो आज छैन, आजको जस्तो भोलि छैन । मलेै ६५ वटा दसैँ विताउन लागेँ । के एउटा दसैँ अर्को दसैँ जस्तो छ र ? त्यसैले यो संसारलाई बैराग्य भावले हेर्नु भयो भने तपाईँलाई अनेक लफडा गर्ने कुरा आउँदैन ।

सांस्करिक र आध्यात्मिक दर्शन जो छ । त्यसको बारेमा कम छलफल हुन्छ । मन्दिरमा पुजा गर्छु भने पनि त्यो मन्दिरको महिमा बुझेको हुँदैनौँ । देवीका हरेक रुप छ । प्रत्येकमा मन्दिरका प्रतिमूर्ति फरक विशेषता छन् । त्यसको बारेमा हामी मनन् गर्दैनौँ । अक्षता छर्ने र टाउको ठोक्ने भनेर बुझौँ । तर आध्यात्मलाई हामी भौतिक कर्म गरेनौँ । आध्यात्मलाई आध्यात्मिक अनुसार गनुपर्छ । पहिलो कुरा दसैँलाई सम्पूर्ण रुपमा बुझौँ । दोस्रो कुरा दसैँ यतिधेरै भड्किलो र खर्चिलो रुपमा नमनाऔँ । ऋणमा डुबेर मनाएको खुसी उदारी हुन्छ ।

दसैँको दर्शनशास्त्र

यो समयमा दसैँको दर्शनशास्त्र के हो भनेर अध्ययन गर्ने योजना बनाएको छु । सन्दर्भ अनुसार अध्ययन गर्ने बानी छ । मलाई कुनै कुराको जानकारी लिँदा त्यसको अन्तरवस्तुमा पुग्नुपर्छ । यसमा पनि अहिले मलाई आध्यात्मिक पुस्तक पढ्न रुचि बढेको छ । त्यसमा पनि हिन्दु र बौद्ध धर्मबारे अध्ययन गर्छु ।

आध्यात्मिकतातिर जान आफूलाई अध्ययन र अनुभूतिले जोड्न सक्नु पर्छ जस्तो लाग्छ । अनि मात्र त्यसमा केही तत्व देख्न  र बुझ्न किन्छ । यसका लागि केही बौद्धिक र व्यवहारिक परिपक्वता चाहिन्छ । त्यो नभइकन आध्यात्मिक कुरा बुझन् सकिँदैन । यसमा मरेपछि के हुन्छ भन्ने चिन्ता छ । आत्माको आत्मा के हो ? त्यो कहाँ छ ? गयो कहाँ भन्ने कुरा यसमा हुन्छ । त्यसैले आध्यात्मिक कुराको आध्ययनले एउटा रहस्यको निरन्तर उल्खनन् गर्ने काम गरेको हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...