शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः बाबुरामले दिए सरकारलाई ६ सुझाव

बिहीबार, २३ असोज २०७६, १३ : ०९
बिहीबार, २३ असोज २०७६

काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई विभिन्न ६ वटा सुझाव दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलका क्रममा भट्टराईले आफ्नो सुझाव प्रस्तुत गरेका हुन् । 

चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिन तथा तीन वटै देशसँग समानान्तर सम्बन्ध राख्न  भट्टराईले सुझाव दिएका छन् । 

यसैगरी चीनसँग रेल, सडक आदि कनेक्टिीभिटी विस्तारमा जोड दिँदै रेल बनाउँदा ऋणजालमा नफस्न समेत सुझाव दिएका छन् । यस्तै उनले अनुदान र ऋणको सन्तुलन मिलाउन पनि जोड दिएका छन् । 
सडकमा बढी जोड दिने,कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्राथमिकता दिने,ऋण–अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिन पनि आफूले सुझाव दिएको भट्टराईले ट्वीटरमार्फत जनाएका छन् । 
सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्न तथा लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्नेमा भट्टराईले जोड दिएका छन् । 

सन्१९६०को नेपाल–चीन मैत्री–सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्नपनि भट्टराईले सुझाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप