शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि पनि चलेन ब्याटिङ : ६४ रनमा समेटियो नेपाल

बिहीबार, २३ असोज २०७६, १६ : ४६
बिहीबार, २३ असोज २०७६

काठमाडौँ । पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलामा आयोजक ओमानबिरुद्ध नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल मात्र ११ ओभरमा अलआउट हुन पुग्यो ।

नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो ।

आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।

ओमानका लागि अमिर कालिमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए ।

हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र एकमा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्डसँग पराजित हुन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप