शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैँकले १७.८९ प्रतिशत लाभांश दिने

बिहीबार, २३ असोज २०७६, १७ : ०४
बिहीबार, २३ असोज २०७६

काठमाडौं– महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । 

सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९% नगद लाभांश र ८% का दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

उक्त नगद लाभांश र बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप