बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोजगारीका लागि विदेशिनु दुःखद् : अध्यक्ष तिमिल्सिना

बिहीबार, २३ असोज २०७६, १८ : ५९
बिहीबार, २३ असोज २०७६

पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताएका छन् । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उनले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताए ।

दक्षिण पर्वतको हुवासमा विहीबार आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनमा अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार गठन भएपछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएको उल्लेख गरे । 

सीमित स्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केही वर्ष लाग्ने बताउँदै उहाँले ऊर्जा, उद्योग, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानीकर्तालाई आकर्षित गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।
 
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीको सङ्गठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । 

उनले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्र पहिचान गरी प्रवासीले आर्जन गरेको पूँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप