नक्कली प्रादेशिक घुमुवा प्रहरी पक्राउ
शुक्रबार, २४ असोज २०७६, ०९ : १२
जनकपुर । महोत्तरीको मटिहानी बजारमा प्रहरी भन्दै व्यापारीलाई थर्काउदै हिँड्ने एक जना प्रहरीको फन्दामा परेका छन् ।
मटिहानी नगरपालिका बजार क्षेत्रमा प्रहरी बनेर व्यापारीलाई थर्काउदै हिँड्ने लोहरपटटी नगरपालिका वडा नम्बर ९ बस्ने खुट्टा पिपराढीका २८ वर्षीय जय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त मण्डलले लामो समयदेखि व्यक्ति तथा व्यापारीलाई प्रदेशको धुमुवा प्रहरी रहेको परिचय दिँदै धम्काएर नगद माग गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बूढाथोकीको अनुसार लामो समयदेखि अभियुक्तले विभिन्न व्यक्ति तथा व्यापारीसँग रकम उठाएको बताए ।
मण्डललाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा