शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसमा जापानी व्यापारीको साढे ८ लाख डलरको घडी लुटियो

आठ महिनामा मात्रै ७१ वटा घडी चोरिए
शुक्रबार, २४ असोज २०७६, १० : ०५
शुक्रबार, २४ असोज २०७६

एजेन्सी । एक जना जापानी व्यपारीको आठ लाख पर्ने घडी पेरिसको एक फाइभ स्टार होटेलबाहिर लुटिएको छ ।

सोमबार रातको करीब नौ बजे पेरिसको होटेल नेपोलियनबाहिर ती व्यापारीको घडी लुटियो थियो ।

पेरिस प्रहरीका प्रवक्ताका अनुसार चोरले ती व्यापारीसँग चुरोट माग्ने बाहना गर्दै नजिकिएका थिए । जब व्यापारीले चुरोट निकाल्दै आफ्नो हात खल्तीबाट झिके लगतै चोरले घडी खोसेर भागेका थिए ।

पेरिस प्रहरीका अनुसार घडीको नाम रिचार्ड मिल मोडलको टुरविलियन डाइमण्ड ट्वीस्टर हो । यो स्वीस घडीलाई हिराको घेराले सिंगारिएको हुन्छ । यसको बजार मूल्य ८,३०,००० अमेरिकी डलर रहेको छ ।

घडीको ठूलो मूल्यको कारण यो मुद्दालाई सामान्य चोरीको नभएर संगठित अपराध हेर्ने प्रहरीलाई जिम्मा दिइएको छ ।

पेरिसमा महङ्गो घडी चोरको विगविगी

पछिल्ला महिनाहरुमा पेरिसमा महङ्गो घडी चोरीको विगविगी देखिएको छ । यो वर्षको पहिलो आठ महिनामा मात्रै ७१ वटा घडी चोरिएको उजरी प्रहरीकहाँ पुगेको छ ।

अधिकाशं चोरी च्याम्प एलिसीको नजिकका विलासी होटल र गरगहना पसल रहेको क्षेत्रमा भएका छन् ।

पेरिस प्रहरीको संगठित अपराध टास्क फोर्सका अनुसार जुलाई महिनाको एकै दिन १,९०,००० युरो पर्ने चार वटा महङ्गो घडी चोरिएका थिए ।

जानकारका अनुसार महङ्गा घडीहरु कालो बजारमा तिनको वास्तविक मूल्यको ३० प्रतिशत देखि ५० प्रतिशत भाउमा पुनःबिक्री हुन्छ ।

पेरिस प्रहरी संगठित अपराध टास्क फोर्सले अनुसन्धानको क्रममा चोरहरुले घडी चोर्नको लागि विभिन्न प्रविधि प्रयोगमा ल्याइरहेका पाएका छन् ।

पिडितलाई मुक्का हानेर वा चलिरहेको स्कुटरबाट तानेर लडाएर घडी चोरिएको पाइएका छन् । अन्य घटनाहरुमा चुरोट मागेजस्तो गरेर, फोटो खिची मागेर वा बाटो सोधेर पनि चोरी भएका छन् ।

अर्को रमाइलो विधिमा धनाढ्यहरुको कारको अगाडिको ऐना ठोक्काउने र भित्रबाट कारधनीले ऐना सिधा बनाउन हात झिक्दा घडी चोरिएको पनि पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप