शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित तीन युवक पक्राउ

शुक्रबार, २४ असोज २०७६, ११ : ०३
शुक्रबार, २४ असोज २०७६

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप