मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शृङ्गार जोगाउनै सकस : सुरक्षाका लागि प्रहरी परिचालन (फोटोफिचर)

शुक्रबार, २४ असोज २०७६, १२ : ४४
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा स्वागतका लागि राजधानीलाई अस्थायीरुपमा भए पनि झकिझकाउ बनाइएको छ ।

विभिन्न स्थानमा स्वागतद्वारदेखि फूलहरु रोपिएका छन् । त्यस्तै, फ्लेक्स र पोस्टरले राजधानीको कुरुपतालाई ढाक्ने प्रयास गरिएको छ । तर, यतिबेला सरकारलाई त्यही अस्थायी शृङ्गारलाई जोगाउन पनि हम्मेहम्मे परेको छ ।

सडक हिँड्ने बटुवादेखि राती रक्सीको मातमा हिँड्ने जड्याँहाले फूल मास्नेदेखि पोस्टर च्यात्नेसम्मका हर्कत गरेका छन् । प्रहरीले यसक्रममा दुई जनालाई पक्राउ पनि गरेको छ । अहिले शृङ्गारलाई जोगाउन ठाउँ–ठाउँमा प्रहरी नै परिचालन गरेको छ ।

राष्ट्रपति सी नेपाल आउने भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेर्नुहोस् तस्विरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप