बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् सी जीनपिङलाई मन पर्ने ऐतिहासिक ५ भनाइहरु (भिडियो)

शुक्रबार, २४ असोज २०७६, १५ : ५८
शुक्रबार, २४ असोज २०७६

भनाइ : एक

जनताका लागि फाइदाजनक छ भने रेशम जस्तो पातलो छ भनेपनि संरक्षण गर्नुपर्छ । जनताका लागि हानिकारक छ भने रौं जस्तै हल्का भएपनि उसलाई नष्ट गर्नुपर्छ । यसको अर्थ हो जुन जनताको हितमा छ सानै भएपनि हामीले कुनै हालतमा लागू गर्नुपर्छ । जुन जनताको हितमा छैन कस्तै सानो भएपनि त्यसलाई हटाउनुपर्छ । इतिहास जनताद्वारा लेखिएको हो । सबै उपलब्धीको श्रेय जनतालाई जान्छ । जब हामी जनतामा गहिरिन्छौँ, दृढताका साथ उनीहरुका लागि लागीपर्छौँ तब हामी ठूलो शक्ति प्राप्त गर्नसक्छौँ । कुनै समस्या बिना नै बहादुरीका साथ अगाडि बढ्न सक्छौं ।

भनाइ : दुई

देशको शासकीय सिद्धान्त जनहितमा आधारित छ । जन केन्द्रित विकास अवधारणा अमूर्त तथा दुर्बोध्य विचार यो मौखिक मात्रै होइन, वैचारिक रुपमा पनि रोक्न सकिँदैन । यसलाई आर्थिक तथा सामाजिक विकासका हरेक किस्सामा समावेश गर्नुपर्दछ । जनता केन्द्रित सुन्दर जीवनप्रतिको जन अभिलाषा अनुकूल हुनुपर्छ । जनताको व्यापक हित अनुरुप परिणाम दिनुपर्छ । त्यसको राम्ररी संरक्षण तथा विकास गर्नुपर्छ । यसरी जनताको लागि विकास गरिन्छ । विकास जनतामा निहित हुन्छ र विकासको परिणाम जनताद्वारा बाँडचुँड गरिन्छ ।

भनाइ : तीन

हरेक युगको आफ्नो भावना हुन्छ, हरेक युगको आफ्नै मूल्य मान्यता हुन्छ । राज्य सञ्चालनका चार आयाम छन्, शिष्टाचार, नैतिकता, स्वच्छता र लज्जाको भावना । यदी यिनीहरुलाई लागु गरिएन भने देशको अन्त्य हुन्छ । यो चिनियाँ पूर्खाको मूल मान्यता हो । वर्तमान हाम्रो राष्ट्र, हाम्रो देशले कुन–कुन मुख्य मूल्य मान्यता पालना गर्नुपर्छ । यो प्रश्न सैद्धान्तिक एवम् व्यवहारिक पनि छ । हामी समृद्धि, लोकतन्त्र, सभ्यता, समावेशीता, स्वतन्त्र, समान, न्यायिक तथा कानूनी शासन, देशभक्ति, समर्पण, सद्भावना, करुणाको वकालत गर्नका लागि प्रस्ताव पेश गर्छौं । सक्रिय रुपमा समाजवादी मुख्य मूल्य मान्यता लागू गर्छौँ ।

भनाइ : चार

विचारधारा र विश्वास जनताको महत्त्वाकांक्षा हो । प्राचीन समयमा मान्छेहरु मन्ने गर्थे, जहाँ महत्वाकांक्षा छ, त्यहाँ कुनै सीमा छैन । पहाड र समुन्द्रबीच दुरीको कुनै सीमाना छैन । महात्वाकांक्षाको जुन दिशा हुन्छ, त्यसले कुनै पनि बाधालाई हटाइदिन्छ । सशस्त्र बलद्धारा रोक्न पनि सकिँदैन । यस वाक्यको तात्पर्य यो हो कि दृढ आकांक्षा राख्ने मान्छे कुनै पनि सुदूर क्षेत्रसम्म पुग्न सक्छ । कुनै पनि कठिन अड्चन हटाउन सक्छ । क्रान्ति, निर्माण तथा सुधारका सबै ऐतिहासिक युगमा कम्युनिष्ट पार्टीका अनेक सदस्यले पार्टी र जनताका काममा बहादुरीपूर्वक बलिदानी दिए । उनीहरुलाई समर्थन गर्ने शक्ति क्रान्तिकारी बिचार स्वर्गभन्दा उच्च आध्यात्मिक शक्ति नै हो ।

भनाइ : पाँच

कतै टाढाबाट फर्किएको मित्र देख्दा खुसी लाग्छ । दुई हजार वर्षभन्दा अघि चिनियाँ दार्शनिक कन्फ्युसियसले यो भनेका थिए, मित्र फर्किदा चिनियाँ जनतामा खुशी झल्किन्छ । हामीले देशी, विदेशी साथीहरुलाई एकजुट हुन आमन्त्रण गर्दर्छौँ ता कि तपाईंहरुद्वारा मैत्रीपूर्ण कामका लागि गरिएका अथक प्रयासप्रति आभार प्रकट गर्न सकौँ । समान लक्ष्यका लागि संघर्षको कठिन प्रक्रिया सिंहावलोकन गर्न र लामो समयसम्म सहयोग गर्न स्थापित गहन मैत्रीभावको चर्चा गर्न सकियोस् ।

हेर्नुहोस भिडियो

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप