शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवस्था ठिक नभएका सवारी साधन नचलाइदिन ट्राफिक महाशाखाको अनुरोध

शनिबार, २५ असोज २०७६, ०९ : ५८
शनिबार, २५ असोज २०७६

काठमाडौँ । शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने राजकीय भ्रमणमा नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमणमा आउन लागेका हुन् । 

राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाको सुरक्षा अवस्था कडाइ पारिएको छ । सी को भ्रमणका बेला ट्राफिक व्यवस्थापको जिम्मा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाएको छ । 

महाशाखाले राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै  पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाईदिन अनुरोध गरेको छ । 

महाशाखाका प्रमुख भीम प्रसाद ढकालले पुराना र अवस्था ठिक नभएका सवारी साधन चलाउँदा बीच बाटोमै जुन कुनैबेला पनि बिग्रिनसक्ने भएकाले नचलाइदिन अनुरोध गरेका छन् । 

यस्तै ठुला मालवाहक  सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिन महाशाखाको अनुरोध छ । राष्ट्रपति सीको भ्रमणको बेला मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गरिदिन सवारी चलाउने चालकहरुलाई एसएसपी ढकाल आग्रह गर्छन् । 

महाशाखाले राष्ट्रपति सी पुग्ने ठाउँहरुमा अनावश्यक हर्नको प्रयोग नगरीदिन समेत अनुरोध गरेको छ । 

ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै महाशाखाले राष्ट्रपति सीको सवारीको बेला सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरिदिन भनेको छ । 

यस्तै ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गरेर जानकारी लिन महाशाखाको आग्रह छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप