शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सी जिनपिङको स्वागत गर्दै सर्वसाधारणले भने, ‘अर्को दसैँ आएजस्तो भयो’ (भिडियो)

शनिबार, २५ असोज २०७६, १९ : ४४
शनिबार, २५ असोज २०७६

काठमाडौँ नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङलाई काठमाडौँका सडक किनारमा बसेका सर्वसाधारण तथा सरकारी कर्मचारीले स्वागत गरेका छन् ।

त्रिभुवन विमानस्थलदेखि कालीमाटीको सोल्टी होटलसम्मका सडक किनारमा कर्मचारी तथा सर्वसाधारणले नेपालको झण्डा र चीनको झण्डा लिएर राष्ट्रपति सीको सम्मान गरेका हुन् । उनीहरुले निकै लामो समयपछि चीनबाट भएको उच्चस्तरीय भ्रमणको प्रशंसा गर्दै दसैँ लगतै अर्को ठूलो चाड आएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँको माइतिघर मण्डला सडक किनारमा भेटिएका हरि ढुङ्गानाले चिनियाँ राष्ट्रपतिको भ्रमणले एउटा ठूलो चाड दसैँ सकिएपनि अर्को ठूलो चाड आएको रुपमा आफूले लिएको प्रतिक्रिया दिए । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपालीले लाभ हासिल गर्नुपर्ने उल्लेख गरे । चीन संसारको सबैभन्दा शक्तिशाली देशको रुपमा अघि बढेको छिमेकी देश भएको नाताले चीनबाट नेपालले धेरै कुरा सिक्न र लाभ हासिल गर्न सक्ने उनले बताए ।

यस्तै अर्का सर्वसाधारण हरिसुन्दर भुजेलले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै नेपालले चीनसँग जतिपनि सम्झौतामा हस्ताक्षर गर्दैछ त्यो नेपालको हीतमा होस् भन्ने कामना गरे । उनले बीआरआई जस्ता परियोजनालाई दृढतापूर्वक कार्यान्वयनमा सहयोग होस् भन्ने अपेक्षा गरे । 

यस्तै हरि केसीले विकासोन्मुख मुलुकमा चीनका राष्ट्रपतिको भ्रमण उपलब्धीमूलक भएको बताए । यता अर्का सर्वसाधारण नरदेव न्यौपानेले नेपाल दुई ठूला देशको बीचमा रहेकोले दुबैतर्फ समान रुपमा कुटनीतिक सम्बन्ध राख्नुपर्ने बताए । उनले देशको राष्ट्रियतामा खलल नपर्नेगरी शक्तिशाली देशसँग विकास र पर्यटन विकासका लागि सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप