शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति सीको सम्मानमा रात्रिभोज : चीन र नेपालको मित्रताको लागि राष्ट्रपतिद्वयको टोस्ट

शनिबार, २५ असोज २०७६, २२ : २९
शनिबार, २५ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा रात्रिभोजको आयोजना गरेकी छिन् । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सीसँग शीतलनिवासमा द्विपक्षीय भेटघाट गरेपछि राष्ट्रपति भण्डारीले सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेकी हुन् ।

रात्रिभोजमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताइन् । उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा चिनियाँ राष्ट्रपति सीले सीमापार रेल मार्ग र केरुङ काठमाडौँ सुरुङमार्गको चर्चा गर्दै नेपाली जनताको सपना पूरा गर्न चीनले हरदम सहयोग गर्ने प्रतिबद्धता जनाए । राष्ट्रपति सीले दुई देशको सम्बन्ध थप उचाइँमा पुग्ने आशा पनि व्यक्ति गरे ।

रात्रिभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्का सदस्य, उच्चपदस्त अधिकारी, विभिन्न दलका नेतालगायत सहभागी थिए ।

राष्ट्रपति सीले नेपालको सम्बृद्धि र नेपाली जनताको सुखी जीवनका लागि तथाचीन र नेपालको पुस्तौँपुस्ताको मित्रताको लागि टोस्ट प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप