छैन चीनसँगको व्यापार घाटा कम गर्ने एजेन्डा
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरु समावेश भएपनि व्यापारघाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुकमा चीन पर्छ । तर, व्यापार सहजीकरण/व्यापार न्यूनीकरणबारे कुनै एजेन्डा नै छैन ।
‘सामूहिक रुपमा परराष्ट्र मन्त्रालयले कुरा राख्छ । कनेक्टिभिटीको कुरा उठ्छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने,‘तर, यकिन जानकारी छैन ।’
चीनसँग व्यापारघाटा वर्षेनि बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ भने निर्यात २ अर्ब १० करोडको मात्रै भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा पनि व्यापार घाटा ४० अर्ब ५६ करोड पुगेको छ भने निर्यात २९ करोड रुपैयाँको मात्रै भएको छ । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय