शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्याराथनमा एलिउडले रचे विश्व किर्तिमान

आइतबार, २६ असोज २०७६, ०९ : ३१
आइतबार, २६ असोज २०७६

केन्याका धावक एलिउड किप्चोगेले म्याराथनमा विश्व किर्तिमान रचेका छन् । भिएनामा शनिबार आयोजित विशेष म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दुरी एक घन्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै एलिउडले नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । 

उनी दुई घन्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका छन् । उनी रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता हुन् । एलिउडले यसअघि पनि विश्व किर्तिमान रचेका थिए । 

सन् २०१८ को बर्लिन म्याराथनमा उनले दुई घन्टा एक मिनेट ३९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए । शनिबारको यस विशेष दौडमा उनलाई ४१ जना धावकले साथ दिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप