शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इटाली युरो कपमा छनोट

आइतबार, २६ असोज २०७६, ०९ : ३४
आइतबार, २६ असोज २०७६

इटाली सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । छनोट अन्तर्गत शनिबार राति भएको समूह ‘जे’ को खेलमा इटालीले ग्रीसलाई २–० गोलले हरायो । घरेलु मैदानमा इटालीलाई जिताउन जर्जिन्होले ६३औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । फेडेरिको बर्नाडेस्कीले ७८औं मिनेटमा गोल गर्दै इटालीलाई सजिलै जिताए ।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीले सात खेलबाट २१ अंक बनाएको छ । समान खेलबाट पाँच अंक बनाएको ग्रीस पाँचौं स्थानमा छ । यही समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले फिनल्यान्डलाई ४–१ गोलले पराजित गरेको छ । 

अर्को खेलमा लिचेस्टेन्सटेन र अर्मेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस समूहमा १२ अंक बनाएको फिनल्यान्ड दोस्रो स्थानमा छ । समान १० अंक बनाएका अर्मेनिया र बोस्निया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । दुई अंक बनाएको लिचेस्टेन्सटेन तालिकाको अन्तिममा छ ।

यसैगरी समूह ‘डी’ को खेलमा डेनमार्कले स्वीट्जरल्यान्डलाई १–० गोलले हराएको छ । डेनमार्कको कठिन जितमा युसुफ पोउलसेनले ८५औं मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को खेलमा जर्जिया र आयरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

समूह ‘डी’ मा ६ खेलबाट १२ अंक बनाएको आयरल्यान्ड शीर्ष स्थानमा छ । समान १२ अंक बनाएको डेनमार्क दोस्रो स्थानमा छ । आठ अंक बनाएको स्वीट्जरल्यान्ड तेस्रो र पाँच अंक बनाएको जर्जिया चौथो स्थानमा छ । अंकविहिन गिब्रलटार अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप