रामोसको किर्तिमानमा स्पेनको बराबरी
कप्तान सर्जियो रामोसको कीर्तिमानी खेलमा स्पेनले युरोकप छनोटमा नर्वेसँग बराबरी खेल्दै अंक बाँडेको छ । समूह एफ अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन र नर्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पाहुना टोली स्पेनले सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझाएको थियो । स्पेनका लागि सउल निग्वीजले ४७औं मिनेटमा गोल गरेका थिए । त्यसपछि नर्वेले खेलको अन्तिम समयमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । नर्वेका जोसुवा किङले बराबरी गोल गरेका थिए ।
यस खेलसँगै स्पेनका रामोसले नयाँ कीर्तमान पनि रचेका छन् । उनी स्पेनका लागि सर्वाधिक एक सय ६८ खेल खेल्ने खेलाडी बनेका छन् । यसअघि उक्त कीर्तमान इकर कासिलासको नाममा थियो । सन् २००५ मा सिनियर टोलीमा डेब्यु गरेका रामोसले स्पेनलाई विश्वकप र दुईवटा युरो कप उपाधि समेत दिलाएका छन् । उनले स्पेनका लागि अझै धेरै गर्न बाँकी रहेको पनि बताएका छन् ।
यस बराबरीसँगै समूहको शीर्ष स्थानमा रहेको स्पेनले सात खेलबाट १९ अंक बनाएको छ । १० अंक बनाएको नर्वे चौथो स्थानमा छ । यही समूहको अर्को खेलमा स्वीडेनले माल्टालाई उसैको मैदानमा ४–० गोलले हरायो । रोमानियाले फारोय आइसल्यान्डलाई ३–० गोलले पराजित गर्यो । जितसँगै दोस्रो स्थानमा रहेको स्वीडेनको १४ अंक छ । तेस्रो स्थानमा रहेको रोमानियाको १३ अंक छ । तीन अंक बनाएको माल्टा पाँचौं स्थानमा छ । अंकविहिन फारोय आइसल्यान्ड अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट