शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको शिकार भएकी मोदीकी भतिजीले भनिन्, ‘दिल्लीमा धेरै अपराध छ, काकालाई गुजरातजस्तो व्यवस्था गर्न भन्छु’

आइतबार, २६ असोज २०७६, ११ : २३
आइतबार, २६ असोज २०७६

एजेन्सी । दिल्लीका सडकमा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी भतीजी दमयन्ती मोदी चोरीको शिकार भएकी छिन् । सिविल लाइन्स क्षेत्रमा एक स्कुटरमा आएको चोरले उनको पर्स खोसेर भागेका थिए ।

दमयन्दी मोदीको पर्समा ५६ हजार भारु नगद र प्यान कार्डका साथै मतदाता पहिचान पत्रजस्ता दस्तावेज थियो ।

दमयन्ती भारतका प्रधानमन्त्री नरेन्दै मोदीका भाई प्रहलाद मोदीकी छोरी हुन् । यसअघि पनि दमयन्तीका पिता र नरेन्द्र मोदीका भाई प्रहलाद मोदीको पनि दिल्लीमा चोरी भएको खबर आएको थियो ।

उनी आफ्ना पति र दुई छोरीका साथ सुरतमा बस्छिन् । घटनाको समयमा दयमन्ती आफ्नो पति र छोरीका साथ अमृतसरबाट दिल्ली फर्किएकी थिइन् । उनी शनिबार साँझ चार बजे गुजरात रवाना हुँदै थिए ।

बीचमा उनले आरामको लागि सिविल लाइन्स इलाकाको गुजराती समाज भवनमा कोठा बुक गरेकी थिइन् । जब उनी त्यहाँ आफ्नो सामान उताइरहेकी थिइन् त्यही समय स्कूटीमा सवार दुई अज्ञात मानिसले उनका पर्स खोसेका थिए ।

‘दिल्लीको आपराधिक अवस्था दयनीय’

घटनापछि दमयन्तीले दिल्ली आउनु अघि आफूले सहरमा धेरै अपराध हुने सुनेको तर आफैले त्यसको सामना गर्नुपर्ला भनेर नसोचेको बताइन् ।

यसबीच घटनासम्बन्धमा दिल्ली प्रहरीले नबी करीम क्षेत्रबाट दुई शंकास्पद व्यक्ति नोनू र नदीमलाई पक्राउ गरेको छ । तीबाट बदमद भएको सामाग्री दमयन्तीबाट चोरीको सामान भएको बताइएको छ ।

घटनापछि सञ्चारमाध्यममा बोल्ने क्रममा दमयन्तीले भनिन् ,‘गुजरातको तुलनामा दिल्लीमा अपराध धेरै छ । म काका(प्रधानमन्त्री नरेन्द्र मोदी)सँग यहाँ पनि गुजरातमा जस्तै कानून–व्यवस्था लागनु गर्न भन्छु । तर दिल्ली प्रहरीले म प्रधानमन्त्रीको भतिजी हुँ भन्ने थाहा नपाउँदा पनि राम्ररी सहयोग गरे ।’

दमयन्तीका पिता प्रहलाद मोदीले पनि आफूहरु सामान्य जीवन बिताउने साधारण नागरिक भएको र यो विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न आवश्यक नभएको बताए ।

दिल्लीमा चोरीका घटना अत्यधिक

दिल्लीमा यो वर्ष सेप्टेम्बर १५ सम्म पर्स तथा मोबाइल खोसेर भाग्ने घटनाको ४,५१६ घटना भयो । यसमा अधिकाश पर्स, मोबाइल र ब्याग खोसिए ।

त्यसमध्ये आधाजस्तो मुद्दालाई प्रहरीले मिलाएको देखियो । समान खोसिनेमा महिला मुख्य तारो हुने गरेका छन् ।

भाजपाका दिल्ली प्रदेश अध्यक्ष मनोज तिवारीले दिल्लीमा लगातार भएको लूटपाट र सामान खोसिने घटना भइहरेको र त्यसमा संलग्नमध्ये ९० प्रतिशत आप्रवासी रहेको बताए ।

दिल्लीको प्रदेश सरकार बनाएको आम आदमी पार्टीका राघव चड्ढाले भने दिल्लीको कानुन–व्यवस्था केन्द्रको अधिनमा रहने र पछिल्लो डेढ–दुई वर्ष दिल्लीमा कानुनी व्यवस्था खराब भएको बताए । केन्द्र सरकारलाई आरोप लगाउदैं दिल्लीको खराब सुरक्षा व्यवस्थाका कारण देशको प्रधानमन्त्रीको परिवारका सदस्य पनि सुरक्षित नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप